रामपुर, चितवन फाल्गुन १३ ,
वर्षाैको प्रतिक्षा पश्चात रामपुर कृषि क्याम्पस र हेटौडाको वन क्याम्पसलाई
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्तरउन्नति गरेसँगै विशेष गरि चितवनमा यसको
स्वागत सवै पक्षबाट भयो । तर स्थापनाको केही वर्षमा नै भ्रष्टचारको ठुलो
विवादमा फस्दै गर्दा यस विश्वविद्यालय दिनहुँ जसो हड्तालको तनावमा अहिले
परेको छ भने नेकपा माओवादी रामपुर कमिटिले अहिले पत्रकार सम्मेलन नै
गरेर यस भित्र भएको भ्रष्टचार र नियम मिचेर पदाधिकारी चयन जस्ता घटनाहरु
लाई सार्वजनिक गरेको छ ।
विश्वविद्यालय परिसरमा मंगलवार दिउसो गरिएको पत्रकार सम्मेलनमा अवैधानिक
तरिकाले नियुक्ति भएका पदाधिकारी र कार्यकारीणी नियुक्तिलाई खारेजि
हुनु पर्ने, प्राध्यापक र पदाधिकारीलाई छुट्टाइएको क्वाटरमा राखिएका
राजनैतिक दलका कार्यकर्तालाई तुरुन्त हटाइनुपर्ने र राख्नेलाई कारवाही
गर्नुपर्ने, केन्द्रिय कार्यालय तथा विभिन्न संकायमा अवैधानिक ढंगले
भर्ति गरिएका कर्मचारीहरुलाई तुरुन्त हटाइनुपर्ने, महिला विद्यार्थीलाई
होस्टलको ग्यारेन्टी गर्नुपर्ने लगायतका मागहरु नेकपा माओवादी रामपुर
शाखाले राखेको थियो ।
सो पत्रकार सम्मेलनको क्रममा बोल्नुहुँदै रामपुरमा भेटनरी अन्तिम
वर्षमा अध्ययनरत केशव भट्टले होस्टलको लागि किनिएको भनिएको सामान
लेखाको लिष्टमा मात्रै भेटिनु होस्टलमा नपुग्नु भ्रष्टचारको सामान्य नमुना
भएको, भेटनरि शिक्षकहरु हेल्मट शिक्षको रुपमा परिचय बोक्दै कक्षामा
भन्दा पोल्ट्री र दाना उद्योगमा मात्र भेटियो नयाँ विश्वविद्यालयको शिक्षा
क्षेत्रको दयनिय अवश्था रहेको जानकारी दिनुभयो ।
सोही क्रममा बोल्नुहुँदै उपप्राध्यापक सुन्दर तिवारीले विश्वविद्यालयमा
भएको अनियमितताको बारेमा पदाधिकारीहरुलाई जानकारी गराउँदा
यसलाई उचित ध्यान नदिइएको तर आफूहरु भ्रष्टचारमा डुब्दै गएकाले
पदाधिकारीलाई ब्युँजाउन यो पत्रकार सम्मेलन गरिएको जानकारी
दिनुभयो ।
आफूले राखेको मागहरु एक हप्ता भित्र कार्यान्वयनमा नलगेमा वैधानिक
अवैधानिक संघर्षको बाटो अपलाउने सो अवसरमा जानकारी गराइएको थियो ।