काठमान्डू माघ २९,
शाहासी महिलाहरूसंग संयोगको भेट
म जांदैथिएं परोपकारी यात्रामा इजरेल। उनीहरु जांदैथिए शाहासिक यात्रामा अर्जेनटिना।
त्रिभुवन विमानस्थलमा हाम्रो जम्का भेट भयो।
यी असाधारण आत्मविश्वास र शाहासले भरिएका ७ जना नेपाली महिलाले विश्वका ७ महादेशका ७ उच्च हिमाल चढ्ने क्रममा सगरमाथा सहित ४ वटा हिमाल चढिसकेका छ्न्।
अब उनीहरूले यसै महिना दक्षिण अमेरिकाको सबभन्दा उच्च Aconcagua (२२,८३७ फिट) टाकुरा चड्दैछन्।
उनीहरुले यात्राको क्रममा नेपालको नाम पनि उच्च हिमाल जस्तै उचो बनाउंदै हिंडेका छन्।
उनीहरूलाई हामी सबै शुभकामना दिउं: धेरैधेरै शुभकामना !
(रबिन्द्र मिश्रको वाल बाट साभार)