डिसीमा महाशिवरात्रि धुमधाम पुर्वक मनाईयो I

भर्जिनिया फाल्गुन १६,

विजय थापा : अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको डिसी नेपाली समाजको आयोजनामा भगवान् शिवको पूजाअर्चना गर्दै महाशिवरात्रि पर्व हर्सोउल्लास साथ मनाईएको छ  

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवमहिमा गाउँदै मीठा–मीठा परिकार, बेलपत्र, गाईको दूध, जौ, चन्दन चढाउदै पण्डित कृष्ण प्रसाद खनाल तथा राजेन्द्र खनालले श्रदालु भक्तजनहरु लाई पुजा अर्चना गराए 

अमेरिकाको व्यस्त जीवनको बाबजुद पनि महिला तथा पुरुष बिहानैदेखि नै शुद्ध भई भगवान् शिवको स्तुति गर्दै एकछाक चोखो खाएर व्रत बस्दै भए पनि अमेरिकामा पनि नेपाल कै जस्तै पुजा अर्चना गरिएको छ  डिसी महानगर क्षेत्र वरिपरिका दाजुभाई तथा महिला दिदि बहिनिहरुको बाक्लो उपस्थिति रहेको थियो 

डिसी नेपाली समाजका अधक्ष्य अरुण रुपाखेतीले संस्कृतिको रक्षा गरौ भन्ने मुख्य नारा संस्थाको भएकोले यस्ता पर्व बर्षेनी गरि रहेको जानकारी दिए भने र हाम्रो महान पर्व भएकोले पर्व मनाउनै पर्यो भन्दै सचिब कमल पोख्रेलले बताए 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com