क्याट युकेद्वारा चेपाङलाई खाद्यान्न सहयोग I

रत्ननगर(चितवन) ०१ फागुन

होमनाथ सापकोटा : बैदेशिक रोजगारको सिलसिलामा युके मा रहेका नेपालीहरुले खोलेको संस्था क्याट युकेले आज चेपाङ वालवालिकाका लागि खाद्यान्न सहयोग गरेको छ । 

पूर्वी चितवननको र त्ननगरमा रहेको गामवेसीको चेपाङ संरक्षण के न्द्र र खैरहनीको करैयामा रहेको अन्तोदय जनजाती आवासीय माविमा अध्यन गर्ने चेपाङ वालवालिकाको लागि क्याट युकेले खाद्यान्न सहयो ग गरेको हो । 

क्याट युकेका पदाधिकारी तथा सदस्यहरु केन्दं्र तथा विद्यालयमै पुगेर खाद्यान्न सहयोग हस्तान्तरण गरेका थिए । क्याट युकेले संरक्षण केन्द्रलाई ३० हजार वरावरको चामल आलु र विद्यालयलाई ५४ हजारको चामल सहयोग गरेको छ । जनजाती आवासीय विद्यालयमा रहेको अक्षयकोषमा रहने गरी क्याट युकेका अध्यक्ष कृष्णप्रसाद गुरुङ र सदस्य कुल अर्यालले १०÷१० हजार रुपैया सहयोग गर्नुभएको थियो । 


क्याट युकेका अध्यक्ष कृष्णप्रसाद गुरु ङले गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा र जनजाती आवासीय विद्यालयका प्र धानाध्यपक घनश्याम प्रधानलाई सो खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो । केन्द्र मा भएको कार्यक्रममा केन्द्रका सल्लाहाकार एलवी क्षेत्री र जनजाती आवासीय विद्यालयमा भएको कार्यक्रमको अध्यक्षता व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर वोगटीले गर्नुभएको थियो । 

केन्द्रमा भएको कार्यक्रममा क्याट युकेका संस्थापक अध्यक्ष कपिल श्रेष्ठ, क्याट युकेका उपाध्यक्ष बसन्त श्रे ष्ठ,पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष हो मनाथ सापकोटा तथा विद्यालयमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक घनश्यम प्रधानले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । दुइवटै कार्यक्रमको प्र मुख अतिथि क्याट युकेका अध्यक्ष कृष्ण प्रसाद गुरुङ रहनु भएको थियो । अन्तोदयमा १६१ जना तथा केन्द्रमा ५४ जना चेपाङ विद्यार्थीहरु आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com