तेलअभिव (इज़रायल) माघ २२,अहिले नगरे कहिले गर्ने !!
हामीले नगरे कसले गर्ने !!
नारीदर्पण : हेल्प नेपाल नेटवर्क सहयोग अभियान अब अन्तिम चरणमा पुगेको सम्बन्धित स्रोतले जनाएको छ । नेपाल भन्दा हजारौं माइल टाडा रहेर पनि नेपालीहरुले आफ्नो देश र समाजको मुहार परिबर्तन गर्न सकारात्मक र उदाहरणीय कार्यहरु गर्दै आएका छन् । यस्तै इज़रायलमा रहेका नेपालीहरुले हेल्प नेपाल नेटवर्क सहयोग अभियान संचालन गरिरहेका छन् । यहिँ फेब्रुवरी महिनाको दोस्रो हप्ता हेल्प नेपाल नेटवर्क का संस्थापक अध्यक्षलाइ निम्त्याई सहयोग रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
नेपालीले नै नेपाललाई केहि गर्नु पर्छ भन्ने सकारात्मक सोचका साथ् अघि बढेको यो अभियान इज़रायल मा कार्यरत नेपालीहरुले गरेको सहयोग मध्ये यो निकै ठुलो रहेको सम्बन्धित स्रोतले जनाएको छ । यस पवित्र सामाजिक परोपकारी सहयोग अभियानमा साथ र हात दिने सम्पूर्ण प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै संस्थापक अध्यक्ष रबिन्द्र मिश्र १४ फेब्रुवरीमा सबैलाई आवहान गर्दै यसो भन्नु हुन्छ ....
हेर्नुहोस भिडियो . . ..