गजल: By, अतिति मुखिया



गजल

जोकोही सक्छन यहाँ क्रुद्ध हुन
सक्दैनन् किन कोही बुद्ध हुन

को दिन्छ दृष्टि सबै बैरी देख्ने
जिम्मेवार को आपसमै युद्ध हुन

थापिरहेछन धराप आफन्तलाईनै
किन दिइन्छ विबेक अवरुद्ध हुन

कानुनी राज्यको हवाला दिदै
को सिकाउछ कानून बिरुद्ध हुन

अर्पण चाहिन्छ समर्पण चाहिन्छ
त्यागेर रिस द्वैष बिशुद्ध हुन ।

अतिति मुखिया 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com