गजल : By, गोविन्द भावुक



गजल :

गजल लुटेर खाने बैरीको नीति रोक्नुस न ए हजुर
नमाने कानुन छातिमा गोली ठोक्नुस न ए हजुर!

असह्य भयो जनताको लागी सरकारी कार्य त
घुसखोरी अनि भ्रष्ट लाई सजाएँ तोक्नुस न ए हजुर!

गरिवको खून र पसिना पिई चढ्दैन नशा त्यो
आनन्दै लिन भट्टीको सोमरस धोक्नुस न ए हजुर !

बुझेनन क्यारे हजुरको भाषा आफ्नै पो तुस हो कि
बिधि र बिधान खाएको सपथ घोक्नुस न ए हजुर !

ढुकुटी रित्तो पारेर आज ठाउँ मा पुग्नु भो
थोरै त आफ्नो इमानको भारी बोक्नुस न ए हजुर !

गोविन्द भावुक

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com