कविता ' आमा ' By, निशा खनाल अर्याल



कविता ' आमा ' 

उज्वल प्रकाश छ ,
आमाको अनुहारमा !
मिठो आभाष छ,
आमाको त्यो काखमा !
काहाँ छन् र भगवान,?
खोजि हिडदैछौ तिमी !
लाचार आमाको आशु बगाएर ,
भगवान खोज्छौ तिमी ?

आमाको बोलीमा अमृत छ ,
आमाको गालीमा ज्ञान छ ,
मन नदुखाई अंगालेर हेर ,
स्वर्गयको त्यही संसार छ !
आमा भन्दा छैनन् ठुलो ,
देवी र देवता भक्दा पनि ,
अंगालेर हेर आमालाई साथ् ,
देखिन्छ तिम्रो घर स्वर्गय पनि !

आमाको आशु नपुछिकन ,
मन्दिरमा ढुङ्गालाई मनाउन हिड्छौ ,
पेट भरि आमालाई नखुवाई तिमी,
डुङ्गालाई भेटी चढाएर खोज्छौ ,!
लाचार आमा रोगले त्यहा ,
विवश भएर बाच्दा पनि ,
शान र मान दुनियाँको लागी ,
आखा छलेर देखाउन खोज्छौ ?

निशा खनाल अर्याल 
इज़रायल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com