गजल : By, मानन्धर अभागी


गजल :

जिउँदो त्यो लाशलाई चितामा जलाउँदै छौ
जसको मृत्युमा तिम्ले उत्सव मनाउँदै छौ

अपार माया नहुँदो हो श्रद्घाञ्जली अर्पंदै
फेरि पनि आज किन आँशुहरू बगाउँदै छौ

नगर्नु गल्ती गरेछौ पछुताएरै होला शायद
निर्जीव त्यो तस्वीर कोठाभरि सजाउँदै छौ

मदनको तिमी मुना कहिल्यै कोशिश गरेनौ
र पनि तिमीले आज तिलाञ्जली चढाउँदै छौ

जस्लाई तिमीले मा¥यौ मरेर जाने उ पो
तर आफ्नै समवेदना पत्रिकामा छपाउँदै छौ ।

 मानन्धर अभागी 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com