अबला नारी
सत्ययुगमा जालंधर पति पाएँ
नारायण द्वारा पतिब्रता लुटाएँ
द्वापरमा मलाई द्रोपती बनाए
सीता बनाई त्रेतामा सताए
कृष्णलाई जप्दै फेरी म आएँ
मीरा बनाई डोली उठाए
नारी बनी फेरी कलियुगमा आएँ
अबला भनि उपमा मात्र पाएँ
गौरीशंकर सीताराम भनि गाए
नाम अगाडी ल्याई फकाए
तर बोक्सी भनि भनि कति जलाए
कुटला भनि कति बेश्या बनाए
देवी हो नारी भनि ढोंग रचाए
आफ्नु दुनो मात्र सोझो बनाए
हरि पौडेल
नेदरल्याण्ड