इज़रायल माघ २५,
धर्ति अनि शक्ति करुणा र स्नेह ,मायाकी खानी आमा ,सदा आफ्ना सन्तानलाई सुमार्गको बाटोमा हेर्न चाहने ,जन्म दिदा कोखमा नै सन्तानको उन्नति र प्रगतिको अपेक्ष्या राख्ने ,आफ्ना आचलले छोपेर अमृतको धुट पिलाउदै आफ्नो न्यानो काखमा सन्तानलाई सुताउदा पनि आफुलाई गर्ब र आन्नदको अनुभूति गर्ने आमा हरेक सन्तानले सत्मार्गमा लागी जीवनलाई सार्थकता बनाउन भन्ने चाहना राख्दै यसो भन्ने गर्द्छिन ।
यदी जीवनमा पाइला चल्दा चाल्दै चोट,दुख, घृणा ,परिक्ष्रम् गर्दा गर्दै पनि निराशा ,र असफल भएका छौ भने यस्तो स्थानमा आफ्नो जन्मलाइ सार्थक बनाउने विचार गर्छौ र हाम्रो जन्म शफल होश भनी सदा सोचछौ र चाहन्छौ भने तुरुन्तै ,तिमीले ज्ञानको दिप जलाउने प्रयाश गर सत्मार्ग संगै कल्याण मार्गको बाटो अपनाउनु जहाँ बाट जहाँ बाट तिमीले सफल जिन्दगी प्राप्त गर्ने छौ ,त्यसको लागी तिमी भित्र आत्मा संयम हुनु र पूर्ण विश्वाशको साथ अभ्याश गर्दै आफ्नो कर्मलाई नभुली कार्य गर्नु आवश्यकता हुन्छ यी दुबैको अवलम्बन बाट तिमीले शफल जिन्दगी प्राप्त गर्ने छौ ।
जसरी एउटी नारी पहिलो पटक आमा बन्छे । हो उही आमा श्रद्धेय अनि मायाकी प्रतिमूर्ति ..जसबाट सृष्टिको शुरुवात हुन्छ ! जसको कोख भित्र सन्तानले स्वाश लिदै नौ महिना सम्म गर्ब भित्र बसेर यही जीवनले यो संसारमा पहिलो पल्ट आखा खोल्दछ । "आमा " जन्म दिई भुइँमा झार्दा , कयौ पिडा सह्यौ आमा , न्यानो आचलले छोपेर तिमीले , दुधको अमृत घुट पिलायौ आमा । ताते गर्दै औला पक्डेर , पाइला चाल्न सिकाउदै , हातमा खाना लिएर तिमीले , कोखाई कोखाई भन्दै खुवायौ आमा । उक्लेर मैले मुखको गास , थुकेर भुइँमा फलदा पनि , निल्न नसकी भोकै रहन्छु भनेर , मुखमा चपाएर दिदै पेट भराउथ्यौ आमा ।
रुगा र खोकीले आखा रसाउदा, तालुमा तातो तेल ढोक्दै तिमी , मालिस गरेर शरीर भरि तिमीले , आफ्नो काखमा लुपुक्क सुताउथ्यौ आमा । बिरामी पर्दा ,घाऊ खटिरा आउदा , रात भरि छट्पट गर्दै नसुती तिमी, देवी र देउता भाकेर तिमी , भोक्कै भोक्कै मन्दिर धाउथ्यौ आमा । हसाउँन मलाई धत्तेरी भन्दै ,, सीतारामको गीत गाउदै , ढनमन गर्दै पहिलो पाइला चल्दा , लड़छेकी भन्दै कुदेर समाउथ्यौ आमा । खुशीले तिमी गमक्क हुदै , सन्तान मेरो भन्दै चिनाउन , पढाई लेखाइ ज्ञानी बनाउँन, खुनको खोलो झैँ पसिना बगाउथ्यौ आमा ।
बर्णन गर्न सक्दिन तिम्रो , कर्तब्य,त्याग,तपस्या, बलिदानको, सासु र बुहारी,छोरी र नातिनी भन्दै , कौयौ नामले चिनिन्छौ आमा । मदर टेरेसा,इन्दिरा गान्धी , सिता र भृकुटी नामले तिमी, परिस्थितिहरुमा , इमान्दारीपुर्वक , तिमी नै अघि सर्द्थ्यौ आमा । शुख ,दुख हासो,रोदन , सबैलाई तिमीले अंगाल्दै , छातीमा तिम्रो थुक्दा, कुचल्दा,,फुल्न र फल्न ,संघर्ष गर्न सिकाउथ्यौ आमा ।
निशा खनाल
अर्याल इजरायल ,