कार्यक्रम साझा सवाल, भाग- 328: Agriculture in Eastern Nepal


कृषि उत्पादनको सम्भावनाबारे बहस गर्न हामी धनकुटा आइपुगेका छौं । धनकुटाले गत वर्ष डेढ अर्ब रूपैंया भन्दा बढीको तरकारी र केही कृषिजन्य उत्पादन नेपालका अन्य जिल्ला र भारतमा समेत निर्यात गर्यो ।

नेपालका कति शहर र जिल्ला कतिपय अवस्थामा भारतबाट आयात गरिएको तरकारी खपत गर्छन् । तर धनकुटा भारतलाई नै तरकारी बेच्छ । धनकुटालगायत पुर्वाञ्चलका अरू जिल्ला कृषि उत्पादनमा निकै अगाडि छन् ।

कृषि उत्पादनको यो तरिका नेपालका अरू किसानहरूले कसरी अनुशरण गर्न सक्लान्? पुर्वाञ्चलको पहाडी जिल्लाहरूमा कृषि उत्पादनको सम्भावना, थप अवसर र चुनौतीका बारेमा साझा सवालको बहसमा पुर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका निर्देशक सुरेश गौतम, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा पुर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष किशोर प्रधान र धनकुटाका कृषक मेघेन्द्र गुरूङ हुनुहुन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com