‘यो छातीमा तिम्रै नाम...विपिनको निर्देशनमा दोस्रो music video promo . . .

तेल अभिव (ईजरायल) पुस ३,

नारीदर्पण : हजारौं नेपालीहरुको  कर्मथलो बनेको मध्य पुर्व एसियाको इज़रायलमा  पछिल्लो समय थुप्रै साहित्यकार र कलाकारहरु स्थाई रुपमा स्थापित नै हुन थालेका छन् । आफ्नो नियमित कार्यका बाबजुत उनीहरु यस्ता सकारात्मक र सन्देशात्मक कार्यहरु हुँदै आएको छ ।

थुप्रै क्षेत्रमा यस्ता प्रगतिका प्रयास जारिछन यस्तै संगीतको दुनियामा अर्को शान यसरि थपिएको छ
ईजरायलमै कार्यरत भगवती बस्नेतको ‘यो छातीमा तिम्रै नाम लेख्न थाले मैले’ शब्दमा केशव पौडेलको स्वर तथा सँगीतमा सजिएको निकै नै मिठो मार्मिक गजल हालै ईजरायलमा छायाङ्कन भएको छ । उक्त भिडियोको सम्पादन तथा निर्देशन बिपिन तामाङ गर्नु भएको थियो।

उक्त गजलको भिडियो छायाङ्कन क्यामेरामा अर्जुन जैसवाल गर्नु हुनुहुन्छ भने अभिनय निकै नै आकर्षक  रूपेस विष्ट (उहाँको यो दोस्रो म्युजिक भिडियो हो) र पुजा चौधरीले गर्नु भएको छ । एउटा म्युजिक भिडियो तयार हुन गीत, संगीत, सम्पादन देखि लिएर सबै कुराहरुको मरमसला मिल्नु पर्छ अनि हुन्छ चखिलो । यस म्युजिक भिडियोमा यी सम्पूर्ण मसला मिलेकोछ । अहिले यो छोटो प्रोमो मात्रै ....  धेरै जसो कार्य सम्पन्न भैसकेको उक्त म्युजिक भिडियो अब छिट्टै दर्शक माझ आउन लागेकोछ सम्बन्धित स्रोतले जानकारी दिएको छ । प्रतिक्षा गरौँ  , , , , यो म्युजिक  भिडियो सबैको हृदये हर्नेछ ।

====>>> Promo. . . . . . 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com