कोरिया मङ्सिर २४ ,
दक्षिण कोरियामा नेपाली कामदारहरुको मृत्यु सम्वन्धमा अध्ययन गर्न गठित कार्यदलले नेपाली राजदूतावास, सिओलम पेश गरेको . .
अध्ययन प्रतिवेदन
२०१३-१२-८
दक्षिण कोरिया
पृष्टभुमी :
नेपाली युवा तथा युवतीहरु बैदेशीक रोजगारको सिलसिलामा प्रत्येक दिन विदेशिने क्रम जारी छ। नेपालको राजनैतिक अस्थिरता, आर्थिक दुर्लबता तथा विश्वको गतिको विकासलाई आत्मासाथ गर्नको लागि यो ठूलो हुल नेपाल बाहिरिने गर्दछ। श्रमिकहरुको लागि मुख्य गन्तब्य मानिएको खाडि मुलुकमा धेरै नेपालीहरु आफ्नो परिश्रम बेचिराखेका छन्।
तत्कालै मात्र रोजगारको आकर्षण बनेको दक्षिण कोरियामा नेपालीहरुको संख्या दिनानुदिन बढिरहेको अवस्था छ भने दुर्घटना र विभिन्न कारणले मृत्यु हुनेहरुको दर पनि बढ्दो छ। कोरियामा मात्र नभएर अन्य मुलुकहरुमा पनि नेपालीहरुले आत्माहत्या गर्ने तथा सुतेको ठाउँमा अचानक मृत्यु हुने घटना देखिएका छन्। कोरियामा २००७ बाट अहिलेसम्म ५८ जनाको मृत्यु भइसकेको छ यी मध्ये ५०% भन्दा वढिको आत्माहत्याबाट र अचानक मृत्यु भएको छ ।
थोरै मात्र सवारी साधान दुर्घटनाबाट मृत्यु भएको छ भने कलकारखानामा काम गर्दा भएका केशहरु दोश्रो दर्जामा पर्दछन। यस्ता घट्नाहरुलाई अध्ययन गर्दा धेरै केशहरुमा वातावरणीय परिवर्तन, कामको प्रकृती र अज्ञानता, काम गर्ने तालीका (दिन र रात काम गर्ने तालीका), भाषाको अभाब तथा बोलीचालीमा समस्या, साहुको ब्यवहार, खानपिनको परिकार, वासस्थानको प्रकृती जस्ता कुराहरुले प्रमुख भूमिका लिएका छन्।
सुताईको तालीकामा फरकपन, थाकेको बेलामा अत्यधिक इलेक्ट्रोनिक समानको प्रयोगबाट दिमागमा तनाव, कार्य क्षेत्रमा तनाबपुर्ण वातावरण र डर त्रासमा काम गर्नुपर्ने तथा पारिवारिक विछोडले अवस्थालाई अझ बढि उर्जा थपेको छ यस्ता घट्नाहरुको लागि। सोचेभन्दा फरकपनको सामना गरेपछि, अन्त्यमा गएर डिप्रेशनको सिकार भई उ कित आत्मा हत्या गर्नतिर सोच बनाउछ कि त ड्रग तथा रक्सिको सहरा लिन पुग्छ।
लामो समयसम्म ड्रिपेसनबाट पिढित भएका मानिसमा स्वभाबैले पनि मुटु सम्बन्धी कठिनाईहरु हुने तथा सुताईमा अनियमीतता हुने र स्वासप्रस्वास सम्बन्धी समस्या आएर अचानक मृत्यु हुने हुन्छ। यस बाहेक, विषेश गरेर युवा अवस्थामा वढि देखिने अचानक नसोचेको मृत्युको लक्षण (Sudden Unexpected Death Syndrome, SUDS) बाट पनि पीडित भएको पाईएको छ, जसमा मुटुको डिसओडरको कारणले मानिसको सुतेको बेलामा मृत्यु हुन्छ र यो वंशाणु रुपले सर्ने गर्दछ।
यस्ता घट्नाहरुलाई सवाधान गर्नको लागि सामुहिक तथा सरकारी तहमा बिभिन्न उपायहरु अपनाउन सकिन्छ ।
जस्तै :-
१. कोरियामा आउनु भन्दा पहिले नै मानसिक रुपले तयार हुने, काम गर्न प्रवेश गर्नु भन्दा पहिले नै पुर्ण जानकार हुने र काम पुर्ण दक्षता र विश्वासका साथ गर्ने,
२. भाषाको ब्यवहारिक ज्ञान लिने र कार्य स्थलमा सिक्नु पर्ने आधारभुत कुराहरुको बारेमा जानकार हुने जसले काम सम्बन्धी समस्याबाट पिढित हुन नपरोस,
३. कामसँग सम्वन्धित वा अन्य व्यवहारिक तथा कुटनीतिक तहमा नेपाल सरकार तथा नेपाली समुदायले खेल्ने भुमिकालाई जिम्बेवारीपुर्वक पुरा गर्ने।
४. आफुलाई कुनै प्रकारको असजिलो तथा असहज वातावरणको अनुभुति भएमा तुरुन्त सम्बन्धित ठाउँमा सम्पर्क गरी सवाधानका उपायहरुको बारेमा छलफल गर्ने।
५. नेपाल सरकारले कुटनीतिक रुपले सहमति गर्दा, आफ्ना कामदारहरुका अधिकारहरुको बारेमा प्रष्ट कुराहरु राख्ने जसले गर्दा कार्य स्थलमा कुनै पनि मानव अधिकार सम्बन्धिका विषयहरु उलंघन नहुन र स्वस्थ र सहजरुपमा काम गर्ने वातावरण रहोस।
प्राक्थन
कोरियामा आत्मा हत्या तथा अचानक हुने मृत्युदर अधिक बढेको छ जुन सबै नेपाली तथा नेपाल सरकारको चासोको बिषय भएको छ। यसै सन्धर्भमा, आत्मा हत्या तथा अचानक हुने मृत्युहरुकोबारेमा अध्ययन गर्नको लागि नेपाल सरकारको तर्फबाट नेपाली राजदूतावासले केहि समय पहिले ५ सदस्य: श्री अटोर्नि सियोन कि पार्क, डा. देवी वहादुर वस्नेत, श्री कृष्ण राई, श्री अशोक मैनाली र श्री बुकी पार्क रहने गरि एक अध्ययन समिती बनाएको थियो। नेपाली राजदूतावासले जुन विश्वासको साथ यो महत्वपूर्ण कार्य जिम्मा दियो यसकोलागि नेपाल सरकार, नेपाली राजदुतावास र यससँग संलग्न कर्मचारीहरुलाई धन्यावाद दिन चहान्छौ। विषेश: माहामहिम श्री कमान मानसिह लामा, उपनियोग प्रमुख श्री राजाराम बर्तौला र श्रमसहचार्य श्री अनिल गुरुङ लगायत अन्य कर्मचारीहरुको सबै प्रकारको सहयोगको लागि धन्यबाद दिन चहान्छौ।
यसकार्यलाई सफल पार्नको लागि महत्वपूर्ण सल्लाह तथा सुझाव दिने नेपाली समुदाय, कोरियन कम्पनीमा भ्रमण गर्दा सहयोग पुर्याउने कम्पनी मालीक तथा प्रवन्धकहरुलाई पनि धन्यवाद दिन चहान्छौ। मजुदरहरुका समस्याहरुसँग लामो समयदेखि परिचित रहनु भई समस्याको बारेमा छलफलमा सहयोग पुर्याउने पाश्चर श्री यज्ञ राज सुवेदी र श्री उदय राई, ओनलाईनको माध्ययमबाट नेपाली समुदायमा समाचार प्रवाह गरि रहने प्रत्रकारहरु साथै श्री देवेन्द्र समबाहाम्फेलाई यस कमिटीले हार्दिक धन्यावाद प्रकट गर्दछ। हाम्रो यस कार्य सम्पन्न गर्नमा प्रत्यक्ष वा अत्यक्ष सहयोग पुर्याउनु भएको थियो।
नेपालबाट पाल्नु हुने डा. यम रोक्का न्युरोलोजिष्टहरुलाई वहाहरुको बहुमूल्य समय दिएर डिप्रेशन सम्बन्धीको सेमिनार दिनु भएकोमा धन्यवाद दिन चहान्छौ। अन्यत्यमा, सम्पुर्ण कोरियामा रहने नेपाली समुदायहरुलाई यहाँहरुको लामो धैर्यताको लागि धन्यवाद दिदै यस प्रतिवेदनमा पेश गरिएका विषयवस्तुहरुलाई गम्भिरतापुर्वक मनन् गरि रोजगारको शिलसिलामा आउने नेपाली युवा तथा युवतीहरुलाई सहि मार्ग निर्देशन दिई भविश्यमा हुने यस्ता दुर्घट्नाहरुलाई न्युनिकरण गर्न सहयोगको लागि हार्दिक अनुरोध गर्दछौ।