तेल अभिव (इज़रायल) पौष ७,
नारीदर्पण : किराँत राई यायोख्खा नेपाल इज़रायल ले किराँतीहरुको उधौली पर्व साकेला एलेदोंग ५०७३ इज़रायल को तेल अभिव यसोधमालामा डिसेम्बर २१ शनिबार २०१३ का दिन भव्य कार्यक्रम गरि मनायो उधौली मनायो ।
नेपाली राज्धुतावास इज़रायल का लागि नेपाली राजदुत प्रल्हाद कुमार प्रसाईं को प्रमुख आतिथ्यमा तथा इज़रायलमा संगठित विभिन्न सङ्घ संस्था र स्थानिय मिडिया कर्मीहरुको उपस्थिति रहेको कार्यक्रम मा अधक्ष्य मीना बान्तावाको सभापतित्व र विशेष अतिथि जनजाति महासंघ इज़रायल का सुन्दर योञ्जन तामाङ्ग को उपस्थितिमा कार्यक्रम निकै नै राम्रिलो वातावारावन मा सम्पन्न भएको थियो ।
प्रवासी भूमीमा रहेर पनि आफ्नो कला , संस्कृति र संस्कार लाइ संरक्षण र सम्बर्धन गर्ने हेतु स्थापित थुप्रै संस्था हरुमाझ झन्डै डेढ बर्ष अघि स्थापित किराँत राई यायोख्खा नेपाल इज़रायल ले आफ्नो सांस्कृतीक कार्यक्रम लगायत स्थानिय सङ्घ संस्थाहरु सँग हाते मालो गर्दै सामाजिक कार्यहरु पनि गर्दै आएको छ । करिब दुइ सय जनाको उपस्थितिमा भएको उक्त कार्यक्रममा सभापति लगायत, प्रमुख अतिथि र विशेष अतिथिको हात बाट दीप प्रज्जलन पछि राष्ट्रिय गाना सँगै कार्यक्रमको सुरुवात भएको थियो ।
संस्थाको उपाधक्ष्य कुमार राई ले स्वागत मन्तब्य दिनु भएको थियो भने उक्त संस्थाकै सदस्य सुबास राई ले प्रकृति पूजारी किराँतीहरु को हुन् , के हुन् , कहिले र किन यसरि साकेला मनाइन्छ भन्ने बारे निकै नै गहकिलो कुराहरु राख्नु भएको थियो । यस्तै युवराज राई ले किराँती उत्थान , किराँती संस्कृति, किराँती राजाहरुको बारेमा साथै कुन स्थान बाट , कसरि कहाँ पुगे र किराँती नेपालकै सबै भन्दा पुरानो र लामो इतिहास बोकेको छ भन्दै निकै नै महत्वपूर्ण समसामयिक पाटो स्पष्ट पार्नु भएको थियो । त्यसपछि संस्थाकी अधक्ष्य मिना बन्तावाले पूजारी होमे कुमार राई लाइ र सिली माङ्गपा सुबास राई लाइ विधिवत रुपमा शीरमा सेतो फेटा गुथि दिइ होमे द्वारा पूजाको सुरुवात भएको थियो । त्यहीं सँग सँगै सिली माङ्गपा सुबास राई ले सिलीको सुरुवात गरि सबैले साकेला नाच्न थाले का थिए ।
करिब बीस मिनेट सिली गरेपछि किराँत राई यायोख्खा नेपाल इज़रायल ले स्थानियहरु क्रमस सिएनएइ न्युज डटकम, न्युज इन नेपाली डटकम , नारीदर्पण डटकमलाइ प्रसंसा स्वरुप डायरी र कलम प्रमुख राजदुतको द्वारा प्रदान गर्यो । यहीं कार्यक्रम बीच यायोख्खाले प्रमुख अतिथि र विशेष अतिथिलाई संस्थाकी अधक्श्यको हात बाट सम्मान प्रदान गर्यो ।
त्यसपश्चात कार्यक्रममा विशेष अतिथि (जनजाती महासंघका अधक्ष्य) सुन्दर योञ्जन तामाङ्ग ले मन्तब्य राख्नु हुँदै हामी एक फूलबारीका सप्तरंगी फुल हौँ । हामी भषा, धर्म संस्कृतिमा धनि यसलाई हामीले जगेर्ना जर्दै जानु पर्छ , प्रवासमा रही यस प्रकारको प्रयास गर्नु हुने किराँत राई यायोख्खा नेपाल इज़रायल लाइ खुलेर प्रसंसा तथा बधाई दिनु भएको थियो । यसै बीच खाजापानी जुसको व्यवस्थित रुपमा दिने खुवालाउने कार्य भयो ।
कार्यक्रमको मध्यस्तर पछि प्रमुख अतिथि नेपाली राजदुत श्री प्रल्हाद कुमार प्रसाईं ले मन्तब्य राख्ने क्रममा किराँत राई यायोख्खाले गरेको सम्मान प्रति धन्यवाद व्यक्त गर्दै प्रवास मा रही यायोख्खाले आफ्नो संस्कृति सम्बंर्दन र संरक्षण मा पुर्याएको योगदानलाई मन देखि नै बधाई , शुभ-कामना तथा प्रसंसा गर्नु भएको थियो । नेपालको इतिहासमा किराँत संस्कृति प्राचीनतम संस्कृति हो भन्दै गौतम बुद्ध भन्दा जेठो यो संस्कृति राष्ट्रकै एउटा गौरवको पाटो हो भनि निकै नै सुन्दर प्रसंसा गर्न चुक्नु भएन ।
कार्यक्रम अत्यन्त सोहार्द्रपूर्ण वातावरण मा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको संचालन संस्थाकी महासचिव सुनिता (यासिन) राई ले गर्नु भएको थियो । किराँती सम्बत ५०७३ को उधौली साकेला कार्यक्रम मा उपस्थित नेपाली राज्धुतावास परिवार लगायत यहाँ (इज़रायल) स्थित विभिन्न सङ्घ संस्था , तथा संचार कर्मीलाई विशेष धन्यवाद दिंदै यस शुखद अवसरमा कार्यक्रमलाई सफल पार्न अहोरात्र खट्ने सम्पूर्ण सहयोगी मन र खानपिन , सरसामान जुटाउने, सजाउने यी चौतर्फीलाइ सम्बोधन गर्दै मुरी-मुरी धन्यवाद तथा आभार व्यक्त गर्नु भयो संस्थाकी अधक्ष्य मिना बन्तावाले र कार्यक्रम समापन गर्नु भएको थियो । र, पुनः राजदुत परिवार देखि कार्यक्रम मा उपस्थित सम्पूर्ण उधौली साकेला नाची धुमधाम रमाएका देखिन्थे ।






