हेल्प नेपाल नेटवर्क सहयोग अभियानको आभार र अनुरोध I

तेलअभिव (इज़रयल) मङ्सिर २०,

हामीले नगरे कस्ले गर्ने 
अहिले नगरे कहिले गर्ने 

 नारीदर्पण :  नेपालीले नै नेपाल लाइ केहि गर्नु पर्छ भन्ने विशुद्ध सकारात्मक सन्देशका साथ् अघि बढेको यस पवित्र सामाजिक परोपकारी अभियानमा अहिले सम्म सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरुलाई हामी अभियान कर्ता समूह टीम हार्दिक धन्यवाद दिन चाहन्छौं । यो परोपरोकारी अभियान यहाँ हरु (इज़रायल मा कार्यरत नेपाली दाजु भाइ तथा दिदी बहिनी) को  साथ् र सहयोग बिना पूर्ण हुन सम्भव थिएन । यस दस करोड को अक्षय कोष को लागि अहिले सक्रीय रुपमा चलिरहेको यो अभियान यहीं आउँदो फेब्रुवरी दस तारिक सम्म  जारि रहने छ । 

हेल्प नेपाल नेटवर्क (Help Nepal Network)  ले विभिन्न स्थानमा ४० वटा बिद्यालय बनाइसकेको छ , नेपालको ५९ ओटा भन्दा बढी बिकट, दुर्गम जिल्लाहरुमा शिक्षा र स्वास्थ्यमा उल्लेख्य कार्यहरु गर्दै आएको यस हेल्प नेपाल नेटवर्क ले अचानक आउने प्राकृतिक प्रकोप आपत बिपत्कालिन सहयोग गर्दै आएको छ । जुटेमा  हामी (नेपाली) नै आफ्नो समाज र देशलाई केहि गर्न सक्षम छौं भन्ने सकारात्मक संदेश तथा यथार्थमा कार्य हरु पनि गर्दै आएको यस संस्था आफैं एक उदाहरण हो । 

हेल्प नेपाल नेटवर्क (Help Nepal Network) का संस्थापक अधक्ष्य  रबिन्द्र मिश्र स्ययं यहाँ (इज़रायल) हामी माझ फेब्रुवरी मा आउंदै हुनुहुन्छ  १४ फेब्रुवरी शुक्रबार २०१४ का दिन सम्पूर्ण सहयोग रकम उहाँ लाइ एक कार्यक्रम का बिच हस्तान्तरण हुँदैछ र भलो पल्ट फेब्रुवरी १५ तारिक शनिबार माउन्ट खर्मन (Mount Kharman)  भ्रमणको आयोजना रहेको  छ  र केहि दिनको बसाईं र इज़रायल घुमफिर पछि हेल्प नेपालका संस्थापक अध्यक्ष रबिन्द्र मिश्र स्वदेश फर्कनु हुनेछ । 

इज़रायलमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा हेल्प नेपाल नेटवर्क सहयोग अभियान इन इज़रायल टीम सहयोग र समर्थनको अपेक्षा गर्दै नेपालीको लागि नेपालीले नै केहि गरौँ जस्को लागि हामी आफैं सक्षम छौं भन्ने विस्वासका साथ् सहयोग को लागि  बिनम्र अनुरोध गर्दछौं '' 

Help Nepal Network  सहयोग अभियान इज़रायल समूह ।  

For Details . . . . . . 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com