अवैध यौन क्रियाकलापमा संलग्न दुई भारतीयसहित आठ पक्राउ I

विराटनगर मङ्सिर २२,

विराटनगर–१५ स्थित बसपार्कका विभिन्न होटल तथा लजबाट प्रहरीले आज अवैध यौन क्रियाकलापमा संलग्न रहेका दुई भारतीयसहित आठ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक रामकुमार यादवको नेतृत्वमा खटिएको टोलीले बसपार्कस्थित होटल तथा लजमा छापा मारी उनीहरुलाई पक्राउ गरिएको हो।

बसपार्कमा रहेको एमएस होटललगायतका चमेनागृह र लजबाट चार महिला र चार पुरुषलाई आपत्तिजनक अवस्थामा कोठाबाटै पक्राउ गरेको निरीक्षक यादवले बताए। केही दिनयता विराटनगर आसपासका क्षेत्रमा अवैध यौन क्रियाकलाप वृद्धि हुन थालेको गुनासो आएपछि प्रहरीले होटल, लज र रेस्टुराँमा छापा मार्ने कार्यलाई तीव्रता दिएको हो। रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com