रहेनन सुनार " हार्दिक समवेदना तथा सहयोगका लागि आह्वान " I

अबुधाबी पु ४,

निमकान्त पाण्डे : वैदेशिक रोजगारिमा रहेका  रेख बहादुर सुनारको यहि डिसेम्बर १४  तारिख २०१३ का दिन अबुधाबीमा मृतु भएको छ ।   उनि Aqua Water L.L.C. अक्युव पानि कम्पनीमा कार्यरत थिए। 
सामाजिक कार्यप्रति सक्रिय रहेका सहयोग उत्थान मञ्च अबुधावी  क्षेत्रीय समितिका सकृय सदस्य अतन्तै मिलनसार स्वभावका स्वच्छ नेपाली थिए सुनार।

 उनको नेपालमा दांग जिल्ला राजपुरी गा. बि. स. नेपा खोलाका स्थायी  बासिन्दा सुनारको कार्यस्थलमा काम गर्दा गर्दै छातिमा पीडा महसुस गरि काम गर्न नसकेपछि  उपचार गराउने क्रममा हस्पिटलमा चेक अप गरेर चिकित्सकको सल्लाह बमोजिम औषधी लिंदै आफ्नै रुममा आराम गरि रहेको अवस्थमा  भोलि पल्ट १५ तारिख बिहान पुन: एक्कासी जोड़ले छातीमा  पिडा भएको अनुभव गरे पछि  तत्काल हस्पिटल लाँदालाँदै  विच बाटोमा नै वहाँको  असामयिक निधन भएको  थियो । 
यस अकल्पनीय घटनाले सहयोग उत्थान मञ्च, युएई  स्तब्ध र मर्माहत भएको जनाईएको छ। अबुधाबिमा कार्यरत मृतकका भिनाजु श्याम कुमार सुनार का अनुसार हेल्प राइजर स्वर्गीय  रेख बहादुर सुनारको घरमा श्रीमती सहित ३ छोरा र आमाबुबा मात्र रहनु भएको तथा घर परिवार धान्नलाई उहाँको एक्लो कमाई मात्रै रहेको जनाउनु भएको छ ।

सहयोग उत्थान मञ्च द्वारा हार्दिक समवेदना तथा सहयोगका लागि आह्वान गरिएको छ। यसै क्रममा मंचले जारि गरेको यस प्रकार छ। 
उहाँको असमायिक निधनले परिवारमा गहिरो पिडा र अपुरणीय क्षति पुर्याउनुका साथै बृद्ध आमाबुबा र नाबालक छोराहरुको लालन पालनमा समेत गम्भीर असर पर्ने देखिन्छ । कार्यस्थलमा  काम गर्दा गर्दै विरामी भएको र सोहि कारणले मृत्यु भएको अवस्थामा कामदारले पाउनु पर्ने विमा वापतको रकम उपलब्ध गराउन, मृतकको  शरीरलाई नेपाल पुर्याउन तथा नेपाली राजदुताबास मार्फत यी सबै कुराको चाँजो मिलाउन, साथै तत्काललाई आर्थिक सहयोग जुटाई मृतकको परिवारलाई हस्तान्तरण गर्न सम्पूर्ण हेल्प राइजर लगायत युएईवासी नेपाली समुदायमा  सहयोग उत्थान मञ्च हार्दिक अपिल गर्दछ ।

सहयोगका लागि सम्पर्क:- 
भानुभक्त ठटाल - 056 374 3815, अबुधाबी 
गाम बहादुर विश्वकर्मा, 050 829 6198, अबुधाबी 
दुर्गा सुनार, 050 253 7853 दुबई 
फारस विश्वकर्मा, 055 166 0678,  शारजाह 
अन्तमा,हाम्रा शाहयोद्धा रेख बहादुर सुनार ज्युको असामहिक निधनले उहाको घर परिवारलाई  पर्न गएको आपत र अपुरणीय क्षतिलाई न्यूनीकरण सम्पूर्ण महानुभावहरुसंग सहयोयको  अपेक्षा गर्दै भाव पूर्ण श्रद्धान्जलीका साथ शोक संतप्त परिवार प्रति हार्दिक समवेदना ब्यक्त गर्दछौ ।
भवदीय,
सुरज भित्रीकोटी 
(महासचिव)
सहयोग उत्थान मञ्च
राष्ट्रिय समन्वय परिषद, युएई
फोटो-फेसबुक बाट

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com