जन्म उत्सवको अवसरमा संरक्षण केन्द्रमा आश्रित बालबालिकालाई खाना I

चितवन मंसिर २९,

पुर्वी चितवनको रत्ननगर १३ जयमंगलामा रहेको गामबेशीको चेपाङ संर क्षण केन्द्रमा आश्रित बालबालिकाहरुलाई भरतपुर १० निवासी डा लोक बहादुर सेढाई र रुपा सेढाईले आज विहानको खाना खुवाएका छन । 

उनिहरुले आफ्ना छोरा सुरज सेढाईको २८औ जन्म उत्सवको अवसरमा संरक्षण के न्द्रमा आश्रित बालबालिकालाई खाना खुवाएका हुन । यसअघि विभिन्न सामाजिक क्षेत्रमा सहयोग एवं सहकार्य गर्नुभएका डा. सेढाई दम्पतीले केहि दिन अगाडी संरक्षण केन्द्रमा अवलोकन गरी फकर्नू भएको थियो । 
उहाहरुले संरक्षण केन्दमा आश्रित बालबालिकाहरु लाई खाना खुवाउन पाउदा खुशि व्यक्त गर्नु भएको छ । 

सो कार्यक्रममा महेन्द्र ट्याक्टरका आधिकारीक वितरक भरतपुर डिलरका प्रमुख पुरुषोत्तम अर्याल, शशि अर्याल, जंग वहादुर थिङ, सरिता दुवाडी, अस्मि अर्याल अनिस्मा अर्याल, केन्द्रका अध्यक्ष केपि किरण शर्मा, पुर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा, प्रेस चौतारी चितवनका उपाध्यक्ष शिशिर सिंखडा, रेडियो चितवनका पत्रकार बिशाल आले लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । सो केन्द्रमा चितवन र मकवानपुरका विपन्न ५२ जना चेपाङ बालबालिकाहरु आश्रित रहेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com