काठमाडौं पुस ४,
पुलको बीचमै ठूलो प्वाल छ। कालोपत्रे ठाउँठाउँमा उप्किसकेको छ। दिनहुँ साढे २ लाखवटा सवारी साधन गुड्ने चक्रपथ सडकको बल्खुखण्डमा पर्ने पुलको दुरावस्था त्यतिमै सीमित हुँदैन, यसको जगसमेत कमजोर भइसकेको छ।
थापाथली र कोपुन्डोल जोड्ने बागमती नदीमाथिको पुलको बिम लच्किएको छ भने बेयरिङ फुटेको छ ।
पुलको अवस्था जोखिमपूर्ण भए पनि यसको बाटो भएर दैनिक डेढ लाखवटासम्म सवारी गुड्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
बल्खु र थापाथलीको मात्र होइन राजधानीका अधिकांश पुलको अवस्था निकै जोखमपूर्ण रहेको सडक विभागले नै गरेको एक अध्ययनले देखाएको छ । प्राविधिक खटाएर पोहोर गरिएको एक अध्ययनले दैनिक लाखौं सवारी आवतजावत गर्ने राजधानीका ८ वटा पुल अति नै जोखिमपूर्ण रहेको फेला पारेको हो ।
अध्ययनपछि तयार प्रतिवेदनअनुसार बल्खु र थापाथलीको सहित चक्रपथ खण्डमा पर्ने गोंगबुस्थित विष्णुमतीको, चाबहिलस्थित धोबिखोलाको, तिलगंगास्थित वागमती नदीको, बालकुमारीस्थित बागमती नदीको, तीनकुनेस्थित वागमती नदीको र टेकु कालिमाटीस्थित विष्णुमती नदीमाथिको पुल निकै जोखिमपूर्ण छ ।
दैनिक चल्ने लाखौं सवारीको अत्यधिक भारका कारण जोखिममा रहेका यी पुलको मर्मत तुरुन्त नगर्ने हो भने जतिबेला पनि पुल भत्किन सक्ने खतरा अध्ययनले औंल्याएको छ ।
विज्ञहरुका अनुसार राजधानीमा भएका पुलको भारवहन Ôमता निर्माणको समयमा ५० देखि ८० टनसम्म थियो । ३०–४० वर्È पुरानो भइसकेपछि Ôमता आधाजसो घट्छ । त्यसैले अहिले यी पुलको Ôमता ३० देखि ४० टनमात्र रहेको अनुमान छ । तर, जाम हुँदा पुलको एक छेउबाट अर्को छेउसम्म गाडी रोकिएका बेला ६० देखि ८० टनसम्म भार पर्ने प्राविधिकहरुको अनुमान छ । 'यस्तो अवस्था लामो समयसम्म रहने हो भने जोखिममा रहेका पुल जतिबेला पनि ढल्न सक्छन्,' अध्ययनमा सहभागी एक प्राविधिकले नागरिकसँग भने ।
ती प्राविधिकका अनुसार यस्ता पुलमा व्यस्त बेला सवारीको चाप बढी हुने भएकाले बढी जोखिम पनि त्यही समयमा हुन्छ । यातायात व्यवस्था विभागका अनुसार मोटरसाइकल एक सय १० किलोदेखि दुई सय ५० किलो हुन्छ भने ट्याक्सी पा"च सय किलो हुन्छ । त्यस्तै ठूला भ्यान एक हजारदेखि एक हजार पा"च सय किलो र मिनीबस एक हजार पा"च सयदेखि दुई हजार किलो हुन्छ । ट्राफिक प्रहरीको तथ्यांकलाई आधार मान्दा पुलले जाम भएका बेला यात्रुसहित ८० टनभन्दा बढीको भार थेगिरहेको हुन्छ ।
अध्ययनले पुलमुनिबाट लुकीछिपी बालुवा, ढुंगा निकालिनु र समयसमयमा मर्मत नगरिनुलाई पुल जोखिम बन्नुको कारण मानेको छ । 'पुलमुनिबाटै बालुवा निकाल्ने क्रम नरोकिँदा नदीको बहावले जग खोसिँ्रदै लगिरहेको छ,' प्रतिवेदनमा भनिएको छ, 'जसका कारण ती नदीमाथिका पुल कुनै पनि बेला ढल्न सक्ने खतरा बढेको छ ।' विज्ञहरुका अनुसार सामान्यतः पुलको आयु ५० वर्Èभन्दा माथि हुन्छ ।
विभागको पुल आयोजनाका प्रमुख उमेश झाले प्रतिवेदनमा पुलको दयनीय अवस्था देखिएलगत्तै पहिलो चरणमा तत्काल मर्मत गर्नुपर्ने अवस्थाका पाँचवटाका लागि बजेट विनियोजन गरेको बताए । उनका अनुसार ती पाँचमध्ये पनि बल्खु पुलको मर्मतको काम भने चीन सरकारले निर्माण गर्न लागेको चक्रपथ विस्तार आयोजनाको जिम्मामा पुगेको छ । उक्त पुलबाहेक चालु आर्थिक वर्षभित्रै विभागले तिलगंगा, तीनकुने, गोंगबु र टेकु–कालिमाटीको पुल मर्मत गर्ने झाले जानकारी दिए ।
'यति नै जोखिममा रहेका यी पुलको धेरै संरचना मर्मत गर्नुपर्ने छ,' उनले भने, 'मर्मतका लागि ठेक्कासमेत लागीसकेको छ ।' उनका अनुसार चारवटा पुल मर्मतका लागि विभागले सात करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मर्मतका क्रममा पुलको बाहिरी भागमात्र नभई नदीको क्षेत्र, नदीदेखि तल बनाइएका संरचना, पानीको बहाव नियन्त्रण लगायत काम गर्नुपर्ने हुन्छ ।
जोखिममा रहेको पुलमध्ये चक्रपथ खण्डको पुल चालीस वर्ष अगाडि चीन सरकारले चक्रपथ निर्माण गर्दा बनाएको हो । थापाथलीबाट कुपन्डोल जाने पुल भारतले बनाइदिएको हो भने कुपन्डोलबाट थापाथली आउने पुल जापानले । जापानले सन् १९९५ मा उक्त पुल बनाउ"दा कुपन्डोल जाने पुलमुनि 'चेक ड्याम' निर्माण गरिदिएकाले त्यसको जग जोगिएको विशेÈज्ञ बताउँछन् । ड्यामका कारण तत्काल भत्किने खतरा नरहे पनि तुरुन्त मर्मत गर्नुपर्ने अवस्था रहेको पुलको अध्ययनमा संलग्न एक विशेÈज्ञले बताए ।
टेकुस्थित विष्णुमती पुल करिब ३० वर्षअघि बनेको हो । उक्त पुलको जग बिग्रिसकेको छ । फलामे रडहरुमा खिया लागेको छ । ठाउँठाउँमा पुल भत्किएको छ भने माथिको सतहमा समेत समस्या देखिएको छ ।
अति जोखिमपूर्ण सूचीमा रहेको उक्त पुल छिट्टै बिग्रनुमा विष्णुमती नदीकोे बहाव सा"घुरिँदै जानुलाई बताइएको छ । नदीको दुवैतिर सडक बनेपछि बहाव सा"घुरिँदा पुलको अवस्था जोखिमपूणै रहेको प्रतिवेदनमा उल्लेख छ ।
झाका अनुसार हाल मर्मत गरिने भनिएका पुललाई सवारी साधनको आवतजावत र जनघनत्वका हिसाबले प्राथमिकतामा राखिएको हो । उनले राजधानीसहित देशका अरु ठाउँका पुलको मर्मतलाई समेत विस्तारै अगाडि बढाइने बताए । (प्रविन ढकाल, नागरिक बाट)