गजल :
चाहेर पनि सकिन हेर तिम्रो साथ भेटाउन लाई
एक्लो पनमा गजल कोर्छु तिम्रो याद मेटाउन लाई!
सकिन्न कि भन्थ्यौ माया लाए पछी फाल्न पनि
तर्की गयौ पाइन तिमीलाई मनको माया देखाउन लाई!
महिनौ कुरे दिनौ कुरे कुरे मैले बर्षा पनि
मेरो मनको झुपडिमा पाइन तिमीलाई टेकाउन लाई!
तिमी सँगै रम्ने इछ्या तिम्रै छाया बनी हिन्थे
साथ दिने होईन रहिछौ चाहायौ मलाई हटाउन लाई!
अनिल बन
दगा तुम्डाडा ५ बाग्लुङ
हाल्-अबु धबी यु ए इ