गजल : By, कल्पना राई "खुशी"


गजल :

थाके पनि काट्नै पर्ने मोड अझै बाँकी रैछ
दोष दिदै मुर्छा पार्यौ खोट अझै बाँकी रैछ

रगतको  भेल बग्दा  शिर हुँदै  पाउ सम्म,
अस्तित्व नै छैन भन्थे खोल अझै बाँकी रैछ

गणतन्त्र ल्यायौं सोच्थें कुशासन मास्नलाई,
न्याय माग्दा घुस खोज्ने चोर अझै बाँकी रैछ

एक जुनी  बाँच्न पनि  दौड धुप  कति-कति,
मर्छु भनि  बिष पिएँ  होस अझै  बाँकी रैछ

जिन्दगीको सबै"खुशी"लुत्टियो जस्तो लाग्थ्यो,
माया गरि  बोलाउने  ओठ अझै  बाँकी रैछ

कल्पना राई "खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com