गज़ल :
तिम्रै लागि हिर्दयमा अथाह पिरती छ
जिन्दगीमा पैलो पटक नया अनुभूति छ
तिमि स्वदेश म विदेश यस्तो परिस्थितिमा
सामिप्यको आभास दिन प्रेमको उपस्थिति छ
भुल्न सरल कहा छ र? बितेका ति पलहरु
नयन भरी उही मिठो प्रमिल आकिर्ती छ
बाध्यताले टाढा छु नि बिन्ति प्रिय बुझिदिनु
मनभरी तिम्रो त्यै अविस्मरणीय स्मृति छ
हाम्रो भेट कसो गरि नहोला र प्रियतम
यता पनि उता पनि त्यहि आकाश धर्ति छ
कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल