कथा ' लाचार ' : By, निशा खनाल अर्याल

मङ्सिर २८,

कुहिरो टम्म लागेकोले आए गएका मानिसहरु कोहि पनि देखिदैन निकै अँध्यारो र सिम सिम पानीको बाछिटाले गर्दा पनि होला, कता कति गाडीका लाइट घरि घरि बले झैँ देखिन्छ,अनि निभ्छ  सधैको चार बजे बिहानै झिसमिसेमा उठेर रनिग गर्ने बानिले गर्दा दौडिनलाइ बाहिर निस्के 

डर डर लग्दै बाटोमा कोहि भेटि हालिन्छ कि भन्ने विश्वाशले म बिस्तारै दौडिदै आफ्नो गन्तब्य तिर लम्कंछु " मेरो नियमित यो दौडिने बानी आफुलाई अति नै मन पर्ने शारीरिक फिजिकल ब्याडमिन्टन खेल्न रुचाउने भएर पनि होला  आफ्नो टाईम हुन साथ् आखामा रतिभर पनि निद्रा लाग्दैन ...लाग्छ कि घडीको आलमले मलाई समयको बोध गराउदैछ....। 

यसो पाच किलोमिटर सम्म दौडी फिजिकल एक्सरसाइज गरेर फर्कदा केहि उज्यालो भएर होला एक दुइ मानिसहरु पनि आउदै जादै र कोहिँ दौड्दै त् ,बुडा बुडीहरु हात पक्डेर बिस्तारै चोसो हावामा निस्कादा आफुलाई फुर्तिलो महसुस गर्ने र झन् प्रेसर अनि सुगर भएको व्यक्तिको लागी राम्रो हुन्छ भन्ने डाक्टरको सल्लाह पाएर होला दौडिन नसक्नेले पनि छिटो छोटी पाइला चाल्दै गरेको देखिन्थ्यो  

तर कुहिरो टम्म लागेकोले जाडोको पौष महिना निक्कै शिर शिर हावा चल्दा हात पाऊ काढ्यारीएर बाटोको स-साना चियाका पसलहरु भित्र आगो बाली रहेको देखेर एक दुइ पसलमा टम्म बुडा बुडीहरु हात सेकाउदै बसेका पनि देखिन्थे  राम साहुको पसल पनि भर्खरै खालेर होला आगो बाल्दै गरेर चुलोको छेउमा दुइ तीन जना आगो ताप्दै हात सकौं मस्त थिए  ए राम चाडै चिया बनाउन ...आज त् अति नै चोसो चम्केछ..। हुन्छ नि सर राम भन्दै थियो ...पनि उनीहरु कै छेउको चुलोको नजिकै कुर्शीमा गएर बसे  " राम दाइँ चिया बनाउदै हो भने मलाई पनि एक कप है त् !" राम-भनि रहनु पर्छ बैनी ...? तपाई त् सधैको ग्राहक पो.. अरुले झैँ बैनीले भनि राख्नु पर्दैन नि ? राम दाइँ आज काचो चना पनि राखी दिनु भएको छ कि ? चना त् छ बैनी तर गुड सकिएको छ आज के गरु? हिजो लिन बजार जान्छु भन्दै थिए बच्चा बिरामी भएर  अस्पताल लिएर जाचाउँन जादा झम्मकै रात पर्यो 

" हुन्छ नि दाइँ दिनुस न चना मात्र भए पनि हुन्छ " रामले चना ल्याएर दिए अनि म त्यही काचो चना खाई केहि बेरमा चिया !" चुलोको अगाडी बसेर त्यहा भएका मानिसहरु चिया पिउदै गफ लडाई रहेका थिए , म पनि उनीहरुले गरेका गणतन्त्र नेपालमा पचेन लुट पिट चोरी डकैति ,हत्या हिंसा नारी माथिको अत्याचार देशको नाजुक अवस्था,महगी र भएका करकर्खाना सबै बन्द भएर गरि खान साधारण हामी जस्ता जनताको लागी मुस्किल हुदै गएको ,सधैको बम बारुद्ध ले अशान्ति भएकोले अब फेरी निर्बाचन हुन् पर्ने जरूरी आज सबैले महसुस गर्दै गएकाछन यस्तै यस्ता नेताहरुको टिप्पणी गर्दै एक आपसमा कुरा राख्दै देखेर म पनि चाख मान्दै तिनीहरुले गरेको कुरा सुन्न मस्त हुदै चियाको कप पक्डेर पिउन मात्र के लागेको थिए मेरो अगाडी एउटा अपांग दुई हात टेक्दै नजिकै आएर बस्यो र मेरो अनुहारमा टुलु टुलु रहिरहेको थियो  

अति नै जाडो भएर होला उसको ओठहरु कथ्याँग्रियेका शरीरमा पातलो कपडा त्यै पनि धेरै ठाउमा च्यातिएकाले होला थर्थर गरेर कापीरहेको देखेर मैले त्यो हातमा लिएको चिया पिउन सकिन र उसको अनुहार तिर निहाल्दै भने लेऊ यो तातो चिया पिऊ अनि न्यानो हुनेछ !मैले पसले दाइँलाइ भने राम दाइँ एक कप अरु तातो चिया उसलाई दिनु  भन्दै पसलले दाइले तातो तातो पुड़ी र आलुको चनाको तरकारी बनाउदै गरेको देखेर उसलाई अलि नजिकै गएर बिस्तारै सोधे के तिमीलाई भोक पनि लागेको छ कि ? उसले आखा भरि आशु गर्दै मेरो अनुहार तिर पुलुक्क हेरेर मन्द मुस्कानमा भन्यो ...' हजुर हिजो दिउसो देखि नै ..केहि नभएर राती पनि केहि नखाई सुते निद्र नै लागेन !,,,दिनभरी माग्न जान पनि झरी र पानी परेर जान सकिन बाटो भरि हिलो र पानी ... म अपांग  हिजो दिउसो देखि नै मुखमा अन्न परेको छैन हजुर "

 यसरी हामी जस्तो अपांग र दुखिलाई सोधेर सहयोग गर्ने खान दिन कोहि कोहीलाई मात्र इश्वरले घर्तिमा उतार्दा रहेछ मानबियता हुदै दया गर्न हामी जस्तालाई दुखि अपांगलाई " उसको बोली सारै मिठो थियो अनि अनुहार अतिनै मासुम  मलाई उसको त्यो मिठो बोली र सुन्दर भावनाले हिर्दय देखि नै दया पलाएर आयो ,अनि पसले दाइँलाई त्यहा बानी रहेको तातो तातो पुड़ी संग चनाआलुको तरकारी पेट भरि टन्न खान दिनु ,उसको आत भरोश ,म पैसा तिर्ने छु " यस्तो कुरा सुनेर पसलले दाइले भने दुखिहरुको भावना बुझी दिने यस्तो मानिस कहाँ पाइन्छ र सधै  

बिचरा उनीहरु मन लागेको खान लाउँन ,इच्छा भएको ठाउमा पुग्न ,सबैको सामु बसेर यसरी आफ्नो मनको कुरा राख्न ... कुरा सुन्नु त् के उ अपांग आयो ..अब फेरी हात पर्सारछ भनेर दिनु भन्दा पैला नै वचन लगाउछन ..मैले यहा चिया पिउन आउने कति मानिसको मुखबाट सुनेको छु ..मन दुख्छ ..के गनु बैनी  अनि त्यो श्याम नाम भएको अपांग ले भन्छ जन्मै अभागी मात्र मानबको जन्म पाए भन्दै बोली गाठो परेर बोल्न नसकी जमिन तिर घोप्टे अनुहार लगाउदै आखा आखा रसाउदै मोतिका दाना बर्बर खस्न थाल्छन उसको गालाबाट.." क्रमश:  . . . . . 

अब छिट्टै नै प्रकाशितको प्रयासमा रहेको निशा खनाल 'अर्यालको' अनगिन्ति चोटहरु बाट . . .

निशा खनाल अर्याल 
इजरायल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com