गजल : By, पूर्ण कान्छा गुरुङ



गजल :

संघर्स नै नगरेकाम् असल हुदैन थ्यो
मै नभए मेरो कुनै महल हुदैन थ्यो

जीवन भरि तिम्रो साथ नपाएको भए
जिन्दगीमा मेरो यात्रा सफल हुदैन थ्यो

मलाई लाग्छ यी माटो र पानी नमिले त
त्यो हिलोमा फूल्ने फूल कमल हुदैन थ्यो

छाला संग काठ्को नाता नजोडिए देखि
बज्ने बाजा तबला र मादल हुदैन थ्यो

साच्चै यो दिल नदुखे त सदा सर्बदा नै
मैले लेख्ने कुनै पनि गजल हुदैन थ्यो

पूर्ण कान्छा गुरुङ
ओखलढुंगा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com