सोझो मान्छेलाइ यसरि ढांटे पछि.... Music Video . . . .

काठमान्डू कार्तिक २८,

आफु त सोझो मान्छे  . .. . . 
स्वर शब्द /संगीत योगेन्द्र राई 
एल्वम - उत्साह  

आफु त सोझो मान्छे  . .. . .  नव गायक योगेन्द्र राई ले गाउनु भएको यो मन छुने गीतको भिजुयल प्रवास भूमी (इज़रायल) मा भएको हो । यसमा यस भिडियोमा सँगै मर्ने सँगै बाँच्ने भनी बाचा बाधेर पेमाले रुपेशलाई ढाँटेकी छन् । सोझो रुपेशलाई ढाँटेकी पेमाको कुरा यथार्थमा नभएपनि हेर्दा र सुन्दा यथार्थ जस्तै लाग्ने गरी एल्बम उत्साहमा समेटीएको छ ।

चोखो माया गर्छु अर्कै प्रेमी  सँग गांसिना पुगेकी पेमाले भनेका कुरा र पेमाकै बियोगमा परेका रुपेशको एक्टले साच्चै मन अमिलो बनाउछ। भर्सटाईल नवगायकका रुपमा चिनिने मिठो स्वरका धनि योगेन्द्रले आफ्नै शब्दहरुलाई गीत र भिडियो मार्फत व्यक्त गरेका हुन् ।


नयाँ अनुहारहरु भएपनि अत्यन्तै राम्रो यथार्थपरक अभिनय गर्दै आएका रुपेश बिष्ट, सुर्य बस्याल र पेमा लामालाई उनले भिडियोमा उभ्याएका छन् । यस भिडियोका तीनै जना मोडेलको एक्ट निकै जबर्जस्त छ ।लामो समय देखि म्यूजिक भिडियो मार्फत स्थापित बिपिन तामाङ्ग पनि भर्सटाइल कलाकर्मी हुन्। 

यो गीतमा छायांकन, निर्देशन तथा स‍ंपादन तामांगको रहेको छ।
स्वर, शब्द र छायांकनको संयोग गज्जबको रहेको म्युजिक भिडियो सबैको मन, मस्तिष्कमा डेरा जमाउने देखिन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com