कार्तिक २३ ,
हलिउड नायक टम क्रुज प्रायः विवादमा आउँदैनन् र आउन चाहँदैनन् पनि । तर भइदिन्छ उल्टो । जल्दाबल्दा धेरै नायिकासँग सम्बन्ध कायम गर्नमा टमले सायद अरू नायकलाई पछि नै पार्छन् । रिलेसनसिपका कारण बेलाबखत चर्चामा आइरहने उनी यतिबेला केट होल्म्ससँगको डिभोर्सपछि भने विभिन्न हल्लाहरूको सामना गरिरहनुपरेको छ ।
कुनै बेलाको रोलमोडल जोडी भनेर चिनिएका टम-केटको वैवाहिक सम्बन्धमा छ वर्षपछि गत वर्ष धमिरा लागेको थियो । डिभोर्स भएर छुट्टाछुट्टै बसेका भए पनि केट र टमबाट जन्मेकी छोरी सुरीले भने दुवैलाई बेलाबखत जोड्ने गर्छिन् । हालै केही मिडियाले टमले सम्बन्ध विच्छेदपछि छोरी सुरीलाई पनि त्यागिदिएको समाचार सम्प्रेषण गरेपछि भने 'मिसन इम्पोसिबल' फिल्म शृंखलाका नायक क्रुद्ध बनेका छन् । उनले आफू असल पिता रहेको जिकिर गर्दै आफूले सुरीलाई साथै राखेको दाबी गरेका छन् ।
मिडियासँग रुष्ट देखिएका उनले समाचार छाप्ने दुई म्यागाजिन विरुद्ध पाँच करोड डलरको मानहानी मुद्दा हालेका छन् । उक्त दुई पत्रिकाले नायकले डिभोर्सलगत्तै छोरीलाई समेत छोडिदिएको उल्लेख गर्दै कभर स्टोरी छापेका थिए ।
त्यसो त तीन पटकसम्म छुट्टाछुट्टै युवतीसँग वैवाहिक सम्बन्ध कायम गरेका नायकका तीन सन्तानमध्ये सुरी मात्रै आफ्नी छोरी हुन् भने बाँकी दुईलाई एडप्ट गरेका थिए । 'मेरो जीवनबाट सुरीलाई अलग्याउने कुनै सोच नै छैन,' ५१ वषर्ीय टमले भने ।
उनले सुटिङको दौरान कुनै बेला सुरीसँग छुट्टनिुपरे झनै नजिक पार्ने गरेको सुनाउँदै आफू इमेल वा फोनमार्फत् छोरीसँग सधैं रहने गरेको टिप्पणी पनि गरे ।
टमले केटसँग तेस्रो विवाह गर्नुअघि नायिका मिमी रोजर्ससँग
दुई र नायिका निकोल किडम्यानसँग ११ वर्ष वैवाहिक जीवन बिताएका थिए । किडम्यानसँग उनको अनिच्छित गर्भका कारण डिभोर्स भएको थियो । टमले तीन नायिकासँग विवाह गरे पनि सम्बन्ध भने रेबिका डी मोर्ने, पेनेलोप क्रुजसँग पनि राखेका थिए । एजेन्सी,