माइली फेशनमा मरिहत्ते I

  कार्तिक २१ ,

टिनएज एक्ट्रेस माइली साइरस फ्यानको दिमागबाट आफ्नो बच्चाको छवि परिवर्तन गर्न यतिबेला जोडतोडले लागिपरेकी छन् । अश्लील हर्कत र हाउभाउ देखाउँदै स्टेजमा गीत गाउनेदेखि नाच्ने गर्न थालेकी माइली फेसनमा समेत दिलदार बन्दै गइरहेकी छन् । उनका पहिरनले यतिबेला उनको शरीरलाई मुस्किलले छोप्न पाएका छन् । 

कामुक छविलाई विस्तारै स्थापित गराउँदै लगेकी माइली पथमा यतिबेला भने पेरिस हिल्टन पनि पछि लागेकी छन् । सायद माइलीको फेसनले लोभिएर हुन सक्छ वा उनको चर्चाले, नायिका पेरिसले पनि माइलीको फेसन लगाएर नै सार्वजनिक स्थानमा देखिन थालेकी छन् । अक्टोबर महिनाको अन्तिम दिन पश्चिमा मुलुकमा इसाई धर्मावलम्बीले मनाउने हेलोविन पर्वमा फेसन र विचित्र मुहारको विशेष महत्त्व रहने गर्छ । 

तर यसपटकको हेलोविनमा भने पेरिसले माइलीको फेसन कपी गरेका कारण पनि चर्चा चल्यो । माइलीले एमटीभी म्युजिक अवार्डको स्टेजमा गीत पर्फम गर्दा लगाएको पोसाकलाई नै पेरिसले रोजेकी थिइन् । तल तिघ्रासम्म पूरा खुट्टा देखिने र माथि आधाआधी वक्षस्थल देखिने डे्रसलाई माइलीले पहिलोपटक एमटीभीको अवार्ड सेरेमोनीमा लगाएकी थिइन् । जुन ड्रेसमा माइलीले फोटो सुटका क्रममा देखाउने जिब्रोकै शैलीमा कार्टुन चित्र पनि कोरिएको थियो । 

पेरिसले भने हुबहु माइलीको फेसन कपी गरिदिएकी छन् । रमाइलो त तब भयो जब स्वयं माइलीले पनि हेलोविनकै पर्वमा अको कस्ट्युम कपी गरेर सार्वजनिक भइन् । जब पेरिसले माइलीको एमटीभी म्युजिक अवार्डको कस्ट्युमलाई कपी गरेको खबर फैलियो । त्यसैगरी माइलीले पनि सन् १९९९ मा र्‍यापर लिल किमले पहिरिएको कस्ट्युमलाई कपी गरिन् । माइलीले उक्त कस्ट्युमसहितको फोटोलाई ट्वीटर र इन्स्टाग्राममार्फत् सार्वजनिक गरेपछि उनको पनि कपी क्याट खुलेको थियो । आखिर चोरमाथिको चकार भनेकै यही होला । एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com