काठमाडौं मङ्सिर ५,
कार्यालयको काम सकेर निवास फर्किंदै गर्दा बुधबार बिहान गाडी दुर्घटनामा परी चार पत्रकार सहित ५ नागरिककर्मी घाइते भएका छन्। पत्रकार पुर्याउने भ्यान धुम्बाराहीमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो।
घाइते पत्रकारहरुमा यादव थपलिया, सन्तोष शर्मा, सुशील पोखरेल एवं नागरिकन्युज डट कमका मदन चौधरी छन्। दुर्घटनामा घाइते भएका गाडी चालक सुदीप तामाङको अवस्था गम्भीर छ। घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। शर्मा र पोखरेललाई चिकित्सकले डिस्चार्ज गरेका छन्। थपलिया, चौधरी र तामाङको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ।