काठमाडौ कार्तिक २७,
हिन्दू धर्मावलम्बीहरुले आज विष्णुको पूजा आराधना गरी हरिवोधनी एकादशी
मनाउँदै छन् । आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसीलाई आज विशेषरुपले
पूजागरी विवाह गरिदिने चलन पनि छ । आजको दिनलाई ठूलो एकादशी पनि भन्ने
गरिन्छ ।
कात्तिक शुक्लपक्षको हरिवोधिनी एकादशीका दिन व्रत बसेर विष्णुको
पूजा गरेमा पापको नाश, पुण्यबृद्धि र मोक्ष प्राप्त हुने धार्मिक बिश्वास
रही आएको छ । व्रतालुहरुले आज तरुल, पिँडालु, सखरखण्ड, सातु, पाकेको
फर्सी खाने गर्दछन् । आज देशभरका विष्णुका मन्दिरमा पूजा गर्नेहरुको
विहानैदेखि घुईंचो लागेको छ ।त्यस्तैआज हरिवोधनी एकादशीका अवसरमा चितवनको
माडी वघौडा ९ छरछरेमा एकादशी छरछरे मेला सुरु भएको छ । २०३१ सालबाट शिव
मन्दिर छरछरेको आयोजनामा वृहत एकादशी मेला लाग्ने गरेको छरछरे शिव मन्दिर
व्यवस्थापनका सचिव हेमलाल भट्टराईले जानकारी दिनुभयो ।
मेलाको अवसरमा
शिवमन्दिरमा पुजा अर्चना गरी तोरण टाँग्ने लगायतका पुजाविधीहरु समेत
सञ्चालन गरिनेछ । मेला भर्नका लागी माडीका ४ वटै गाविसका भतmजन सहभागी
हुने मेला आयोजक समितीले जनाएको छ । यसैबिच हरिवोधनी एकादशीको अबसरमा
वैदिक धर्म युवा परिषद नेपाल क्षेत्रीय कार्यसमिति माडीको आयोजनामा एक
दिवसीय विशाल संगितमय सत्सगं समारोह हुदैछ । माडीको समग्र धार्मिक तथा
एतिहासिक स्थलहरुको संरक्षणको लागि कार्यक्रमको आयोजना गरिएको समितिका
अध्यक्ष सुदर्शन सुबेदीले जनकारी दिनुभयो ।