काठमाडौं मङ्सिर ३,
नेपाल बार एसोसिएसनले मुलुकभर भइरहेको हिंसात्मक घटनाका कारण निर्वाचनमा भाग लिन पाउने संविधानप्रदत्त हकमा गम्भीर आघात पुगिरहेको ठहर गर्दै हिंसा निम्त्याउने कुनै पनि कार्य नगर्न अपिल गरेको छ।
चुनाव बहिस्कार गर्ने नाममा ३३ दलीय राजनीतिक दलको मोर्चा, सरकार र निर्वाचन आयोगबीच भइरहेको आरोप–प्रत्यारोप, चेतावनी, धम्की तथा हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बार महासचिव सुनिलकुमार पोखरेलद्वारा जारी विज्ञप्तिमा छ।
नेपाल बन्द कार्यक्रमका क्रममा सार्वजनिक सवारी साधनमा पेट्रोल बम प्रहार गर्ने, बम राख्नेजस्ता अमानवीय कार्य अविलम्ब बन्द गर्न पनि बारले बन्द आयोजकलाई ध्यानाकर्षण गराएको छ।
बन्द असफल बनाउने नाममा सरकारबाट समेत बल प्रयोग गर्ने, मानव अधिकारको उल्लंघन गर्ने र झुट्ठा मुद्दा लगाउने कार्य गर्न नहुने विज्ञप्तिमा उल्लेख छ। चुनाव बहिष्कार गर्ने वा त्यसको प्रतिवाद गर्ने दुवै पक्षलाई हिंसा निम्त्याउने कुनै पनि काम कारबाही नगर्न अपिल गरिएको छ।