पाँच जिल्लालाइ उत्कृष्ट स्वास्थ्य सेवा सम्मान I

 काठमाडौं मङ्सिर १४,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गरेका पाँच जिल्लालाई सम्मान गरेको छ । सम्मानित हुनेमा सुर्खेत, रुपन्देही, कास्की, ललितपुर र सिराहाका जनस्वास्थ्य प्रमुखहरु क्रमशः टङ्क चापागाईं, सागर दाहाल, रमेश अधिकारी, बालकृष्ण भुसाल र दयाशङ्करलाल कर्ण रहेका छन् ।

मन्त्रालयद्वारा मंगलबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विद्याधर मल्लिकले उनीहरुलाई सम्मान गर्दै स्वास्थ्य सेवालाई राजनीतिक प्रभावबाट माथि उठाउन मन्त्रालयले आगामी दिनमा विशेष काम गर्न आवश्यक भएको बताए ।

संविधानसभा निर्वाचनका क्रममा आइपर्ने स्वास्थ्य चुनौतिलाई सामना गर्न मन्त्रालयले देखाएको तत्परता ज्यादै सराहनीय रहेको चर्चा गर्दै मन्त्री मल्लिकले भने “अब आगामी दिनमा पनि स्वास्थ्य सेवा प्रदान गर्नु नै हाम्रो दायित्व र धर्म हो भन्ने भावनाले काम गर्नुहोस् ।’ मन्त्री मल्लिकले सबैभन्दा शिक्षित वर्गले काम गर्ने क्षेत्र चिकित्सा क्षेत्रलाई भ्रष्टाचारमुक्त बनाउन मन्त्रालयलाई निर्देशन दिए ।

मन्त्रालयका सचिव डा.प्रवीण मिश्रले स्वास्थ्य क्षेत्रलाई थप गुणस्तरीय बनाउन नयाँ स्वास्थ्य नीति लागू गर्न लागिएको जानकारी दिए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा लखनलाल साहले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गरिराखेको प्राथमिक स्वास्थ्यलाई थप बलियो बनाउन विभागले ध्यान दिएको जानकारी दिए । स्वास्थ्य खबरबाट :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com