क्यान्सर पीडित उम्मेदवार राईको देहान्त I

खोटाङ  मङ्सिर  १६ ,

खोटाङमा संघीय समाजवादी पार्टीका समानुपातिक उम्मेदवारको मृत्यू भएको छ। नशा र कलेजोको समस्यबाट समानुपातिक उम्मेदवार गणेश राईको ६२ वर्षको उमेर मृत्यु भएको हो।

दुर्छिम–४ का राईको ग्राण्डी इन्टरनेशनल अस्पताल काठमाडौंमा उपचारकोक्रममा शनिबार मृत्यू भएको संघीय समाजवादी पार्टीले जनाएको छ। संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं अनुशासन समितिका सदस्य रहेका राईलाई नशा तथा कलेजोको क्यान्सर भएपछि अस्पतालमा भर्ना गरिएको थियो। राईको शनिबार पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ।

संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई, उपाध्यक्ष बिजय सुव्वा, विश्लेषक हरि रोका, भुतपूर्व मन्त्री रकम चेम्जोङ, सर्वधन राई, पोलिटब्यूरो सदस्य रमेश राई लगायतले मृतक राईप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com