चितवन मंसिर १० ,
शिशिर सिंखडा : नेकपा एमाले चितवन क्षेत्र नं. २ ले निर्वाचनमा सहयोग गर्ने सम्पूर्ण संगठित
र पार्टी सदस्य,कार्यकर्ता र मतदाताहरुलाई धन्यवाद दिएको छ । निर्वाचन परि
चालन कमिटीले आज एक विज्ञप्ती जारी गरी संविधान सभा निर्वाचनमा यस क्षेत्रका
नगर,गाउँ,वडा,भातृ संगठनहरुले खेलेको भूमिकाको उच्च मुल्याङकन आगामी
दिनमा पनि अझ बढि सहयोगको अपेक्षा गरिएको बताएको छ ।
निर्वाचन परिचालन
कमिटीका अध्यक्ष कृष्णकुमार डल्लाकोटी द्वारा जारी विज्ञप्तीमा यस पटकको
निवाचनमा प्रतिस्पर्धीहरुवाट व्यापक पैसाको चलखेल गरी एमालेलाईलाई पर
ाजित गरिएको जनाइएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै लोकतान्त्रीक
मुल्य र मान्यतालाई अघात पु¥याउदै नागरिकको स्वतन्त्र मतदान अधिकार बे
च्ने काम गरिएको भन्दै विज्ञप्तीमा अगामी दिनमा सचेत रहदै गलत कार्य रो
क्न सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह गरिएको छ । साथै विज्ञप्तीमा एक बर्ष
भित्र संविधान बनाएर आर्थिक संमृद्धि तर्फ मुलुकलाई लैजान एमालेको नीति र
नेतृत्व सक्षम रहेको समेत जनाइएको छ ।