गजल :
दुख्ने पाटो छुट्याएर राख्न सक्ने भए
खुशी हुन्थे पीडा जती ढाक्न सक्ने भए |
विश्वासमा घात पक्कै हुने थेन होला
चिमोटेर मान्छेलाई चाख्न सक्ने भए |
पुज्ने थिन भगवानलाई पक्कै पनी मैले
जिन्दगीको गाडी आँफै हाँक्न सक्ने भए |
बिरहले हो कि कसो दुख्छ मुटु सधैं
आजै मर्थे काललाई डाक्न सक्ने भए |
गह्रुङ्गो छन जिन्दगीका भारीहरु मेरा
हलुङ्गो पो हुन्थो कि त फ्याँक्न सक्ने भए |
साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड