किन आयौ जीवनमा तिमी निद्रा मेरो हराउन थाल्यो
तस्बिर हेर्दै टोलाउदा हर्पल आफन्त मेरा कराउन थाल्यो!
सयौ फुलहरुको भिडमा घुम्दै थियो मेरो यात्रा
अचानक मनले आज किन एकान्त मन पराउन थाल्यो!
कति लिए चिनो स्वरुप सुन्दरिका ति फुलहरु
तिम्रो नयनले आज किन पागल मलाइ गराउन थाल्यो!
बसन्त नै आए जस्तै सुम्पिएर आउदा तिमि
पछि कतै हुन्छकि पथ्थर योमन मेरो डराउन थाल्यो!
अनिल बन
दगा तुम्डाडा ५ बाग्लुङ
हाल-अबु धबि यु. ए. इ.