गजल : By, कल्पना पौडेल "जिज्ञासु"



गजल :

दोबाटोमा छोड्नु भन्दा बरु मलाई मारिदिनु
सवाल उठ्न सक्छ पक्कै बाहनामा टारिदिनु

तिम्रै आगनिको बाटो  मेरो लास लैजादा
दुनियाँलाई देखाउन नि गोही आशु झारिदिनु

मलामिको निहु पारी घाट सम्म आएर
गुलाबको एउटा फूल् चिता माथि पारीदिनु

सँगै जिउने मर्ने थिए हाम्रा बाचा कसम
त्यही पुरानो यादमा एकछाक जुठो बारीदिनु

झस्काउला कैलेकाही बिगतको सम्झनाले
बर्तमानलाई स्विकार्दै अतित परै सारीदिनु

कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com