गज़ल : By, कल्पना राई"खुशी"


 गज़ल :

सिंगै परिवार गिड्यो कस्ले, दरवार बोल्दैन l
कस्को घाँटी रेट्न अर्जापियो ,तरवार बोल्दैन ll

बुद्धको शिष्य बन्न छोड भो,क्रोध पाली मनमा,
बुद्ध संधै बोल्छ शान्ति शान्ति,अहंकार बोल्दैन ll

बनी  बुतो  गर्दै  पेट  भर्ने ,घर फिर्दा मारियो,
बिधुवाले सोध्छे कसले मार्यो,सरकार बोल्दैनll

अन्ध बिश्वाशमा बाँच्ने गर्छ,अशिक्षित समाज,
छाउपडी प्रथा कस्ले ल्यायो,संस्कार बोल्दैन ll

सर्व श्रेष्ठ प्राणी मान्छे हामी,अन्याय सहन्छौँ किन?
सोध्छु आफु अनि सबैलाई,यो संसार बोल्दैन ll

कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com