विजय थापा :
अमेरिकाको भ्रमणमा बिशेष कार्यक्रम प्रस्तुत गर्न नेपालबाट पाल्नु भएका स्वामी श्री हरिदासजीले डिसी महानगर क्षेत्रमा ''संस्कृति लाई संरक्षण गरौ '' भन्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजको आयोजनामा एक प्रवचन कार्यक्रम भर्जिनियाको सेन्टरभिलमा आयोजना गरेको छ ।
छोटो समय र सप्ताह माझ भएको उक्त दिनको कार्यक्रममा वरीपरिका समुदाय सदस्य तथा श्रद्धालु भक्तजनहरुको सहभागी रहेको थियो भने यहि आउदो अक्टोबर २६ तारिख ,शनिबार भर्जिनिया कै राजधानी मन्दिरमा स्वामी श्री हरिदासजीले प्रवचन दिने कार्यक्रम पनि रहेको छ ।

नेपालबाट स्वामी श्री हरिदासजीलाई अमेरिकामा झिकाई प्रवचन कार्यक्रमको तय गर्ने र संयोजनगर्ने द्वय डा अशोक शर्मा तथा डा मनोज रेग्मीको पनि उपस्थिति रहेको थियो भने डिभाईन कल्ब अफ डिसीको आयोजनमा हुन् लागेको कार्यक्रममा जानकारी गराईएको थियो
स्वामी श्री हरिदासजिको प्रवचन अत्यन्तै सारगर्भित रहेको र उपस्थित सबैले प्रवचन श्रवण गरेका थिए भने उक्त कार्यक्रम डिसी नेपाली समाजका अधक्ष्य अरुण रुपाखेतीको नेतृत्वमा भएको थियो । कार्यक्रम समय अभाव भएता पनि सबैले श्रद्धा भक्तिको साथ उक्त कार्यक्रममा सहभागी रहेको जानकारी संस्थाका सचिब कमल पोख्रेलले बताए ।