नेपाली सङ्घीय समाज इजरायल” को प्रेस विज्ञप्ति I

 तेलअभिव (इज़रायल) आश्विन ३१,

आम तिन करोड नेपाली जनताको राजनैतिक आस्था र भरोसाको केन्द्र हाम्रो गौरवशाली “सङ्घीय समाजबादी पार्टी, नेपाल” का स्थाई समिति सदस्य तथा प्रवास इन्चार्ज एवं नेपाल आदिवासी जनजाती महासंघ का पुर्व महासचिव र मंशिर ४ गते दोस्रोपटक हुन् गईरहेको आशन्न संविधान सभाको काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र् नं.३ का प्रत्क्षय सभासद्को उम्मेदवार आदरणीय अग्रज “श्री आङ काजी शेर्पा” ज्यू, लाई सामाजिक संजाल फेसबुक मार्फत ज्यान लिने धम्की आएको अशुभ, दुख्दायक खबर प्रति “नेपाली सङ्घीय समाज,इजरायल” सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका न्याय प्रेमी जनसमुदायको ध्यान आकर्षण गर्दै, आपराधिक अमानवीय क्रियाकलापको घोर निन्दा र भर्त्सना गर्दछ 

लोकतन्त्रमा स्वतन्त्रता पुर्वक आफ्नो विचार राख्न पाउने अधिकार छ तर ब्यक्तिकों ज्यान लिने दिने धम्की जस्तो कुकृत्य क्रियाकलाप गर्ने र सामाजिक अपराधिक कार्य गर्ने छुट कसैलाई छैन  त्यसैले यसले नेपाल सरकारको सुरक्षा संयन्त्रमाथि  नै धावा बोलेर चुनौती दिएको कुरा प्रष्ट गर्दछ  सामाजिक न्याय र समानताको पक्षमा लड्न हजारौं आङ्गकाजीहरू देश बिदेशमा छरिएर रहेको कुरा पनि “नेपाली सङ्घीय समाज इजरायल” सबैको ध्यान आकृष्ट गराउन चाहन्छ 

फेसबुकमा मार हान्ने, झुन्ड्याउने जस्ता सामाजिक  अपराधिक क्रियाकलापको फोटोहरु राखेर फोन गर्दै ज्यान लिने, हत्या गर्ने धम्की दिएकोमा” श्री अङ्गकाजी शेर्पा ज्यू” को जिबन रक्षाको लागि नेपाल सरकार सँग “नेपाली सङ्घीय समाज इजरायल” जोडदार सुरक्षाको  माग गर्दछ  यस्तो आपत्ति जनक अबस्थामा यदि नेपाल सरकार र सम्बन्धित निकायहरु मुक दर्शक भएर बसेको खण्डमा हजारौं लाखौं युवा शक्ति सडकमा उतारेर “नेपाली सङ्घीय समाज इजरायल” अग्रणी नेतृत्व गर्न तयार रहेको कुरा अबगत गराउन चाहन्छ 

अत: यस्तो संवेदनशील अबस्थामा अरिंगालको गोलामाथि ढुंगा नफाल्न आम जिम्मेवार सचेत नेपाली प्रति अनुरोध गर्दै हत्या जस्तो निन्दनीय अपराधिक योजना बनाउने व्यक्तिलाई तुरुन्त खोजतलास गरि ‘नेपाल सरकार’ ले कारबाहीको कठघरामा उभ्याओस् भनि जोडदार माग राख्दै “नेपाली सङ्घीय समाज इजरायल” प्रेस विज्ञप्ति जारि गर्दछ 

सचिव :- यात्री लिम्बु

'' नेपाली सङ्घीय समाज, इजरायल ''

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com