तेलअभिव अस्विन १७,
यात्री लिम्बु : जातीय मुक्तिको लागि संघीयता र बर्गीय मुक्तिको लागि समाजवाद भन्ने मूल दुई लक्ष्यकासाथ स्थापना भएको सङ्घीय समाजवादी पार्टी नेपाल ले सबै नेपालीहरुमा समानताको वकालत गर्दछ ।
प्रवासमा कर्म थलो बनाउने ३० औं लाख नेपालीहरुको लागि यही मंशिर ४ गते हुनगइरहेको संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट प्रतिनिधित्व गराउने उद्देश्यकासाथ उम्मेदवारको लागि महिला एक र पुरुष एक चयन गरी सिफारिस गर्न केन्द्र बाट १७ देशका भात्री संगठनहरुलाई निर्देशन भएकोमा नेपाली सङ्घीय समाज ईजरायल अत्यन्तै हर्ष प्रकट गर्न चाहन्छ ।
पार्टीको निर्देशनलाई नेपाली सङ्घीय समाज ईजरायल सहर्ष स्वीकार गर्दै समय पावन्दिको बाव्जुध पनि आकस्मिक बैठक बसी सर्वसम्मतिले उम्मेदवार चयन गरी सिफारिस गर्न पाउदा नेपाली सङ्घीय समाज ईजरायल ले देश प्रति जिम्मेवारी बोधकासाथ गर्व महसुस गरेको छ ।
केंद्रबाट निर्देशन भए बमोजिम नेपाली सङ्घीय समाज इजरायल को अध्यक्ष श्री युव राज राई ज्यू को अध्यक्षतामा र यस समिति संस्थापक संयोजक श्री सुन्दर सिंह लामा ज्यू को प्रमुख आतित्थ्यमा आश्विन १५ गते बेलुका आकस्मिक बैठक बसी बिस्तृत छलफल गरी केन्द्र बाट महिला एक र पुरुष एक को माग आए बमोजिम यही मंशिर ४ गते हुन गैरहेको संविधान सभा को निर्वाचन को समानुपातिक कोटाको उम्मेदवार को लागि महिला तर्फ यस समिति कार्यकारी सदस्य श्रीमती मिना बान्तवा राई ज्यू ।
र पुरुष तर्फ यस समिति संस्थापक संयोजक श्री सुन्दर सिंह लामा ज्यू । लाई सर्बसम्मतले चयन गरी आश्विन १६ गते नेपाली सङ्घीय समाज ईजरायल ले केन्द्रमा सीफारिस गरेको ईजरायलमा कार्यरत आम नेपाली समुदायमा जानकारी गराउन चाहन्छौं ।
सचिव :- यात्री लिम्बु