जोमसोम, कात्तिक १२,
चन्द्रश्वर बस्ताकोटी : एकिकृत नेकपा माओवादीका उमेद्वारहरुको घरदैलो टोलीलाई मंगलबार सदरमुकाम जोमसोमका बासिन्दाले भब्य स्वागत गरेका छन् ।
भोट माग्न जोमसोम, ढुम्बा र मार्फाको पुथाङमा घरदैलो गरेका एकिकृत माओवादी मुस्ताङका उमेद्वार ङुटुक गुरुङ र समानुपातीक उमेद्वार एवं जिल्ला अध्यक्ष गायत्री गुरुङलाई स्थानीयबासीले खादा, फुल र अबिरले स्वागत गरेका हुन् ।
स्थानीयबासीको भब्य स्वागत, सहयोग र सत्कारले पनि मुस्ताङमा एकिकृत माओवादीको निर्वाचन बिजयको आधार बढ्दै गएको एकिकृत माओवादी मुस्ताङका नेताहरुले बताएका छन् ।
उपल्लो मुस्ताङदेखि शुरुभएको घरदैलोमा दैनिक अन्य पार्टी छोरेर एकिकृत नेपाल कम्युष्टिपार्टीमा प्रवेश भईरहेको छ । मगलबार साझ जोमसोमको ढुम्वा गाउमा गाउ समाजसेवी लालबहादुर गुरुङको नेतृत्वमा अन्य पार्टीका ३५ जना युवाहरु एमाओवादीमा प्रवेश गरेको एमाओवादी जिल्ला कोषाध्यक्ष युवक बिकले जानकारी दिनु भयो ।
पार्टी प्रवेश गर्ने युवाहरुलाई प्रत्यक्ष उमेदवार ङुटुक गुरुङले खादा र जिल्ला सहसचिब कर्मसम्टुक गुरुङले अबिर लगाई पार्टी प्रवेश गराउनु भएको थियो । जीवन हिराचनको नेतृत्वमा मार्फाका युवा, सुरेन्द्र थकाली र सोनम गुरुङको नेतृत्वमा स्याङका युवाहरु समेत पार्टी प्रवेश गरेको एमाओवादी मुस्ताङले जनाएको छ ।
यसैक्रममा बुधबार बिहान वाईसीएलले जोमसोम देखि घाँसा सम्म मोटरसाईकल ¥याली आयोजन गर्ने जनाएको छ । कम्तीमा एक सय बिस मोटरसाईकलमा युवाहरुले गर्ने मोटरसाईकल ¥यालीपछि एमाले, काँग्रेसका संयौ नेता कार्यकर्ता एकिकृत माओवादीमा प्रवेश गर्ने कार्यक्रम रहेको वाईसिएल मुस्ताङका अध्यक्ष दिनेश थकालीले जानकारी दिनु भयो ।