जिल्लाकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता आजबाट माडीमा सुरु भयो I

काठमान्डू आश्विन १९,

सजोर खनाल : वाईसिएल चितवनको आयोजनामा आजबाट माडीको बसन्तपुरमा दिवाकर स्मृति दशौं जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु भयो । जिल्लाकै सर्वाधिक धनराशीको यस फुटबल प्रतियोगितामा चितवन जिल्लाभित्रका १६ वटा टिमहरुको सहभागिता रहनेछ । 

२५ गतेसम्म संचालन हुने प्रतियोगिता अवधिभर करिब ७ लाख खर्च हुने अनुमान गरिएको छ । जसमा प्रथम पुरस्कार नगद १ लाख सहित शिल्ड मेडल र प्रमाणपत्र ,दोश्रो पुरस्कार नगद ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र रहेको छ । साथै प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरि प्रतियोगिता अवधिभरको सर्वाधिक गोलकर्ता, उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलरक्षक लगायतलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

उद्घाटन कार्यक्रममा एकिकृत नेकपा माओवादी चितवनका प्रत्यक्ष तर्फका उमेदवारहरु क्षेत्र नं १ का यम ब. परियार ईन्द्रजित, २ का उमेदवार विश्वभक्त दुलाल आहुती, ३ का उमेदवार नारायण दाहाल, ४ का उमेदवार चित्र ब.श्रेष्ठ र ५ का उमेदवार अमिक शेरचन लगायतको उपस्थिती रहनेछ । उद्घाटन अघि माडीको बनकट्टा देखि खेल परिसर सम्म मोटरसाईकल ¥याली निकालिने प्रतियोगिताका प्रचार प्रसार संयोजक रमेश पाण्डेले बताउनुभयो । प्रतियोगिताको उद्घाटन खेलमा आज बसन्तपुर युनाईटेड बसन्तपुर र जगतपुर खेलकुद परिषद् भिड्दैछन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com