मुम्बई अस्विन २१,
बलिउडमा केही दिनदेखि आमिर खान र अनुष्का शर्माको फिल्म 'पी. के.' को निकै चर्चा भइरहेको छ। फिल्ममा अनुष्का र आमिरबीच लामो चुम्बनको दृश्य भएको विषयले बलिउड गर्माएको छ।
बलिउड फिल्मको सबै भन्दा लामो चुम्बनको सिन फिल्ममा भएको बताइए पनि अनुष्का शर्माले यो खबरको खण्डन गरेकी छन्।
उनले आफ्नो र आमिरको बीचमा चुम्बनको दृष्य भए पनि रेकर्ड राख्नेखालको लामो नभएको बताइन्। उनले फिल्ममा हेर्नको लागि चुम्बन मात्र नभएर अरु धेरै कुरा भएको दाबी गरिन्।
रेकर्ड बनाउन बलिउडमा अहिलेसम्म बनेका फिल्ममा भएका किस दृश्यको समय नोट गर्नुपर्ने उनले बताइन्। एजेन्सी :