चितवन आश्विन २२,
शिशिर सिंखडा : पृर्वी चितवनको जुटपानी स्थित खोलेसिमल बजारमा दुर्गा भवानी मन्दिर निर्माणको लागि हाल सम्म करिब १ लाख १० हजार रुपैया संकलन भएको छ । गत बर्ष बिजया दशमीको अवसरमा दुर्गा भवानीको पुजा बाट रु ८४ हजार बचत भएको थियो ।
यस बर्ष शनिवार देखि शुरु भएको दुर्गा भवानी पुजामा मन्दिर निर्माणार्थ स्थानीय श्रीकुमार श्रेष्ठबाट १० हजार ५ रुपैया सहयोग प्राप्त भएको पुजा ब्यवस्थापन समितीका सदस्य राजु दाहालले जानकारी दिनुभयो । दुइदिनमा अहिले सम्म करिव २५ हजार रुपैया सकलन भै सकेको दाहालले वताउनुभयो ।
यस बर्ष पनि सो पुजाबाट करिव १ लाख रुपैया बचत हुने आशा रहेको र सो संकलित रकमबाट खोलेसिमल बजारमा दुर्गा भवानीको मन्दिर निर्माण गरिने बजार ब्यवस्थापन समितिका अध्यक्ष हरि भण्डारीले जानकारी दिनुभयो ।