शिशिर सिंखडा : नेकपा एमाले क्षेत्र नम्वर २ चितवनले आप्mनो निर्वाचन
अभियानलाई तीब्रता दिएको छ । २ हप्ता देखि एमालेले सुरु गर
ेको घरदैलो र कोणसभालाई निरन्तरता दिँदै आज जुटपानी
गाविसमा घरदैलो कार्यक्रम सुरु गरेको छ ।
घरदैलो कार्यक्रमको सुरुवात संग संगै एक कार्यक्रमका बीच नेकपा एमाले क्षेत्र नम्वर २ का उम्मेदवार कृष्ण प्रसाद खनालले जुटपानीको प्रचार प्रसार कार्यालय उद्घाटन गर्नुभएको थियो ।
घरदैलो कार्यक्रमको सुरुवात संग संगै एक कार्यक्रमका बीच नेकपा एमाले क्षेत्र नम्वर २ का उम्मेदवार कृष्ण प्रसाद खनालले जुटपानीको प्रचार प्रसार कार्यालय उद्घाटन गर्नुभएको थियो ।
सो
कार्यक्रममा वोल्दै एमाले उम्मेदवार कृष्ण प्रसाद खनालले एमाले
को जनलहर देखेर विपक्षि दलहरु सलवलाउन थालेको बताउदै देश भर
ीनै एमालेको जनलहर भएकोले विपक्षिहरु नतर्सन आग्रह गर्नुभयो
। देश र जनताको मुक्तिको लागि सामाजिक रुपान्तरण आजको
आवश्यकता भएको बताउदै उम्मेदवार खनालले जातीय राज्य र दे
शलाई टुक्रा टुक्रा पार्न खोज्नेहरुलाई यस निर्वाचनमा जनताले
जवाफ दिने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष जेएन थपलिया,
जिल्ला सदस्य यादव पाठक, क्षेत्रीय इन्चार्ज गोपी श्रेष्ठ लगायतले
मन्तब्य व्यक्त गरेका थिए । गाउँ कमिटी अध्यक्ष केशब लामाको
संयोजकत्वमा सुरु भएको घरदैलो कार्यक्रममा १ हजार भन्दा
बढि कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सो घर दैलो अभियान
जुटपानी गाविसमा भोली पनि जारी रहने जिल्ला कमिटी सदस्य विनोद
रेग्मीले जानकारी दिनुभयो ।