कार्तिक १०,
निमकान्त पाण्डे : देशका युवा बर्गलाई लक्षित गर्न चाहन्छु। देश बिकाशको कुरा गर्दा बिकासको मेरु दण्ड युवा नै हुन् जसले देश बिकासको सम्भावनालाई हासील गर्न सक्छ । यस कारणले पनि बिकासको बहस युवा बर्ग प्रति केन्द्रित हुन् जरुरी छ।
हाम्रो देशको बिडम्बना युवाहरुले नै बैदेशीक रोजगार मार्फत अर्थतन्त्रलाई ३० प्रतिशत योगदान दिईरहेका छन। देशका युवाहरु नै नरहने आजको अबस्थामा देश बिकाशमा उनीहरुको भूमिका कस्तो होला ? अबस्य पनि चुनौतिकै रुपमा खडा हुन्छ। बैदेशिक रोजगारीको रिमिटेंन्सले देश बिकाशमा कुनै योगदान दिदैनन भन्ने बिज्ञहरुले दिएका अन्तरबार्तामा सुनिन्छ त्यसै कारण पनि यस रिमिटेंन्स मार्फत देश बिकासमा कुनै अर्थ राख्दैन भन्ने मेरो बुझाई रहन्छ । बेरोजगारीले हामि त बिवस भै अर्काको देश निर्माणमा लागेका छौ ।
राजनैतिक आस्थिरता कै मुख्य कारण आज भोली नेपाली युवा युवती बिदेशीने लहर नै चलेको छ तर यो पनि हामी सबैलाई ज्ञत छ बिदेशी यात्रा रहरले नभई बाध्यताले हो। देशमा सान्ति आउने कल्पना गर्दा गर्दै ति नवयुवा अब बुढा हुन्छन अनि फेरि नया पुस्ताको कल्पना पनि यहि रहने छकि देशमा सान्ति छाउला अनि केहि गर्न पाए हुन्थ्यो ।
आज सबै युवाशक्ति पलायन हुदैछ जस्का कारण गाउमा युवा पाउन गार्ह्रो भैसक्यो जन्ती र मलामी पाउन गाह्रो भएको छ । बिदेशमा बस्ने नेपालीले मातृभुमिको माया अबस्य पनि बढी नै गरेको पाइन्छ,एउटा नेपालीलाई अफ्ठारो परे सहकार्य गरि एकमत हुने प्रयास हाम्रो नेपाली रगत भित्रै हुन्छ।
प्रजातन्त्र,लोकतन्त्र देखि गणतन्त्र सम्म आईपुगेका नेपालीहरु बैदेशिक रोजगारीका यी दु:खदाई प्रबासी जीवन बिताउन बाध्य पारिएका मातृभुमि देखी सधै पलयन हुनुपरेका हे नेपाली दाजुभाइ हामीले अहिले सोच्नै पर्ने बेला आएको छ ।
हामीले बिदेशमा रहदा देखेका र अनुभब गरेकै आधारमा पनि देशको कानुन बलियो भयो भने राष्ट बलियो हुन्छ अनि मात्र बिकासले गति लिन सक्छ ।बेमौसमी,मनोगत भाषणका भ्रममा नपर्न आग्रह गर्दै देशलाई अग्रगामी बिकास सगै नया नेपाल निर्माण स्वरूप यस आउदै गरेको संबिधान सभाको निर्बाचनमा हामीले मतदान गर्न नपाएता पनि आफन्तजनलाई मत हाल्न लगाउनु पर्छ।
यथास्थितिवादी दिसाबिहिन पुरानो पार्टीको कार्यकर्ता या नयाँ पार्टीको सदस्य नभनी उत्पादन,विकास र निर्माणलाई अभियानका रुपमा लिएर अगाडी लम्केको राष्टले मागेको राजनीतिक स्थिरता र आर्थिक समृद्धिको दिशाका घुम्तीहरु पार गर्दै अग्रगामी जनपक्षीय संविधान बनाउन सक्ने नेतृत्व अगाडी ल्याउने जिम्मा अब तपाई हाम्रो परिवारको हातमा आएको छ ।
नेपालका मुख्य राजनैतिक पार्टीले बोकेका सिदान्तलाई आत्म साथ गर्न सकिने छन,"आ-आफ्ना पार्टीका कार्यकता समर्थक पनि नेपाली दाजुभाई तथा दिदीबैनीहरु नै छौ",तर अब २१ औशताब्दीमा हामीले पार्टी हेर्नु भन्दा पनि तेस्को नेतृत्व र मार्गदर्शन सहितको एजेन्डा हेर्नु जरुरि ठानिन्छ ।
यस मौकामा आम नेपालीहरु एक भई अहिले संविधानसभाको चुनावबाट नयाँ संविधान दिन सक्ने देशले खोजेको नेतृत्व भनेकै यस पटक अन्तिम पटक एकिकृत नेकपा माओबादी पार्टीलाई मौका दिनु हामी सबैको दाइत्व हुनेछ । तपाइको यथास्थितिवादी सोचले इतिहास परिबर्तन कदापि हुदैन नयाँ अग्रगामीलाई रोक्न सक्दैन। अब त चुनैतिका बाबजुत नेपालीले नयाँ ईतिहास लेख्न्न जरुरि छ । ठोस परिस्थितिमा ठोस निर्णय गर्न नसके हाम्रा भाबिपुस्ताहरुले तपाईलाई असफल ठह्र्याउने छन ।