फेसन डिजाइनर किम कार्डसियन तनावमा I

कार्तिक ३ ,

अमेरिकी मोडल, अभिनेत्री तथा फेसन डिजाइनर किम कार्डसियन केही दिन यता तनावमा छिन् । बास्केट- बल खेलाडी क्रिस हुम्फिजसँग बिहे भएको ७२ औं दिनमै खटपट भएर डिभोर्स भएपछि र्‍यापर कान्य वेस्टसँग सम्बन्ध थालेका उनले वेस्टबाटै छोरी नर्थ वेस्ट जन्माइन् । 

सुत्केरीपछिको आफ्नो मोटाइ हटाउन कस्मेटिक सर्जरी गर्न लागेकी उनलाई ब्वाइप|mेन्ड वेस्टले असहमति जनाएपछि उनी तनावमा फसेकी हुन् । सबैभन्दा महँगी रियालिटी टेलिभिजन पर्सनालिटीले शनिबार लस एन्जेलसको सडकमा अनौठो व्यवहार देखाइन् । ड्राइभिङ गरिरहेको बेला मोबाइलमा कुराकानी गर्न कानुनतः वर्जित छ भन्ने कुरा थाहा हुँदैहुँदै पनि उनले कानुन तो डिन् । 

मर्सिडिज बेन्च जी ६३ को पांग्रा गुड्न थालेदेखि नै उनले मोबाइलमा कुराकानी थालेकी थिइन् । कस्मेटिक सर्जरीबाट सुन्दरता जारी राख्ने उनको उद्देश्यमा पार्टनर वेस्ट नै बाधक बनेपछि उनमा दिमागी तनाव बढेको हुन सक्ने अनुमान गरिएको छ । ३२ वषर्ीया रियालिटी स्टार किमले गएको जुनमा छोरी नर्थ वेस्टलाई जन्म दिएकी थिइन् । 

सुत्केरीपछि बिग्रेको आफ्नो पेटमा उनी प्लास्टिक सर्जरी गर्न चाहन्थिन् । वेस्टले भने सुन्दरताको पछिल्तिर कुद्नुको सट्टा आफ्नो र छोरीको स्वास्थ्य बढी ध्यान दिन उनलाई सुझाएका थिए । वेस्टले यसो भन्नुको अर्को कारण के थियो भने उनले प्लास्टिक सर्जरीकै असरका कारण गएको वर्ष आमा डोंगालाई गुमाउनुपरेको थियो, र, उनी किमले सर्जरीकै कारण दुःख भोग्न नपरोस् भन्ने चाहन्छन् । एजेन्सी,

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com