गजल : By, मानन्धर अभागी



जिन्दगी यो कालो घाम जस्तो लाग्छ
नचल्ने यो खोटो दाम जस्तो लाग्छ

जिन्दगी यस्तै रै छ सोचेको थिइँन
जिन्दगी त मात्र नाम जस्तो लाग्छ

मलाई बिगार्ने मेरो भलो नचाहने
आज दुश्मनको काम जस्तो लाग्छ

घर – परिवार छाडेको वर्षौं भो
कता कता आफू राम जस्तो लाग्छ ।

 मानन्धर अभागी  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com