अझै कती रागा खसी यो दशैमा मर्ने होलान
मानब रुपी दानबले आफ्नो पेट भर्ने होलान
मासुको बिलो लाउदा हाना लुछी गर्दै राक्षस
रक्सीको सितन बनाइ मोज्मस्ती गर्ने होलान
काली लाई खुशी पार्न बली दिनु पर्छ भन्दै
मैले ढाल्छु भनी पापी अगी अगी सर्ने होलान
सधैं सङै चर्ने साथी अचानक हराउदा ...
खर्बारिमा रागा बोका रुदै कठै चर्ने होलान
चाडपर्बको निहुपारी प्राणीहरुको हत्या गर्दा
सृस्टि रच्ने प्राण दाता तीन छक्क पर्ने होलान
कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल